Categories: बाल कथा

भाइटिका


शुक्रराज कुँवर
बलभद्रपथ धरान १०
हाल अष्ट्रेलिया

यमलोकमा कचहरी चलिरहेको थियो । दुई यमदूत खाली हात आएको देखेर यमराज कडकिए – “खाली हात ? सृष्टिको न्याय विपरित जाने ? तिमीहरु सजायका भागिदार छौ।”
यमदूतहरु थरथर कामे । एकले भने – “महाराज हामी बिलखबन्दमा पर्”कस्तो बिलखबन्द ” यमराजले आँखा राता पारे।
“महाराज! त्यो केटोले अन्तिम सास गन्दै थियो। आमाको काखमा शिर राखेर लम्पासार परेको थियो। छिमेकीहरु पनि भेला भएका थिए । हामीहरु पनि उनिहरुकै माझमा थियौँ । तर एउटा अप्रत्याशित घट्ना घट्यो ।” यमदूतले साहस जुटाएर भने।
“कस्तो घट्ना” “महाराज ! त्यो केटोले मलिनो स्वरमा ” आमा , दिदी अझैँ आइनन् ? ” भन्यो। भाइटिका पर्व रहेछ, दिदी पनि भाइटिका सरजम बोकेर दैलामा टुप्लुक्क देखा परिन् । ढिलाइ नगरी उनले भाइटिकाको उपक्रम शुरु गरिन्।  मूल ढोकानेर ओखर फुटाएर तेलको घेरा लगाउँदै भाइको परिक्रमा गरिन् । सयपत्री फूलका पत्रहरुले भाइको पूजन गरेर कपाल र कानमा तेल लगाइन् । अनि निधारमा सप्तरङ्गी टीका लगाएर दीर्घायुको कामना गरिन् ।” यमदूतले वृतान्त बताए।
“मिति पुगेपछि उठाएर ल्याएको भए भइहाल्थ्यो त ?” यमराज आक्रोशित भए।
“प्रभु …! त्यो केटोको मिती पुग्नै लागेको थियो तर अघिनै उसकी दिदीले हजुरको प्रार्थना गरेर तेलको सूरक्षा घेरा बाँधी सकेकी थिइन्। हजुरको वाचा सम्झेर हामी फर्कन बाध्य भयौँ।”
“ए …! त्यसो पो रहेछ ?” यमराजले दिव्य दृष्टि लगाएर हेरे।
केटो केही बिषेक भएर भन्दै थियो – ” दिदी भोक लाग्यो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

6 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

6 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

6 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago