Categories: बाल कथा

“रमाइलो गर्मीको बिदा”

रञ्जुश्री पराजुली

अमर सात बर्षको थियो । ऊ जन्मजात अमेरिकन थियो । बाबा आमा र दाजुसँग अमेरिकामा बस्दै आएको थियो । उसलाई सबै भन्दा मन पर्ने खेलौना मोटरकार थियो । सात बर्षको उसलाई कुन कार कम्पनी कुन देशमा छ भन्ने कण्ठ  थियो । अमेरीकन कम्पनी कुन हो त्यो झन थहा नहुने कुरै भएन । उसका बाबा आमा दुबैको मोटर कार उसले नै रोजेको थियो। ऊ सँग ठुला साना अनगिन्ती खेलौनाहरु थिए । साना साना हेर्दै पनि राम्रा कारहरु उसको कलेक्सनमा थुप्रै नै थिए। उसका हजुरबा हजुरामा आएको बेला स्कुलबाट आए पछि एकै छिन् उसँग कार रेस खेल्नु पर्दथ्यो। हजुरबाको निलो ,हजुर आमाको रातो, उसको पहेलो रङ्गको  हुन्थो । एकजना काल्पनीक चरित्र खडा गरेर त्यसलाई हरूवा बनाउँन पनि राख्द्थ्यो । कार दौड सुरु भएपछि ऊ उत्साहित हुँदै टि भिको रेस सो जस्तै कराउँदथ्यो । ऊ सदैब पहिला हुन्थ्यो। हजुरबा दोस्रो ,हजुरमा तेस्रो अनि हार्ने त्यो विचरा काल्पनिक पात्र जसको नाम उसले हरि राखेको थियो । त्यो सधैँ हार्द्थ्यो । ऊ आफुले जितेकोमा खुशी भएर गौरव गर्द्थ्यो । अनि ठूलो भए पछि कार रेसमा प्रतिस्पर्धा गर्छु र जित्छु भन्थ्यो ।

 

अमरलाई बगैंचामा काम गरेको हेर्न पनि रमाईलो लाग्द्थ्यो। माटो खोस्रींदा गड्यौला सगबगाएको देख्दा अचम्म पर्दै त्यसलाई समाएर हत्केलामा राख्दथ्यो । उनीहरुलाई स्कुलमा किरा ,फट्याङ्रा ,चराचुरुङ्गी र जनावर मैत्री बन्न सिकाएकोले त्यो उमेरका केटाकेटी खेलाएर छोडिदिन्थे । केहीलाई पनि मार्दैन थिए । हजुरबासँग उसले बगैंचामा विभिन्न रङ्गका फूलका बिरुवाहरु रोपेको थियो । कुनै त फुली पनि सकेका थिए। उसले ती फूलका नेपाली नाम ,सयपत्री,सर्वदा,गुलाफ , चमेली आदि भनेर चिनी सकेको थियो । उसको स्कुलको गर्मीको बिदा करिव तीन महिना जति थियो । त्यो बेला उसले हजुर आमाले पकाएको नेपाली खानाका परिकार पनि मिठो मानेर खायो । हजुरबा हजुर आमालाई बाबाआमासँगै धेरै ठाउँ घुमाउँन पनि लग्यो । उसलाई घरमा अंग्रजी नै बोल्न सजिलो लग्थ्यो । तर हजुरबा हजुर आमाले नेपाली बोल्नु पर्छ भने पछि नेपाली नै बोल्न थाल्यो । शुद्ध नेपाली बोल्न सिक्यो । यसरी उसको गर्मीको छुट्टी रमाइलो सङ्ग बित्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

9 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

9 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

10 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago