Categories: कविता

“घ्वाईं घ्वाईं”

फेसबुक कवि

“घ्वाईं घ्वाईं” गजधुम्म परेर,
पिंढी दलान बसेकाे,
घ्वाईं घ्वाईं घुमेर,
पिठाे च्याँख्ला खसेकाे ।


जीउ गाेलाे गाेलाे छ,
मुख गाेलाे गाेलाे छ,
हाताेलाई ठाेक्ने,
लाेहाेराे नि गाेलाे छ ।
घुमाइदिएँ मैले नि,
घ्वाईं घ्वाईं करायाे,
घ्वाईं घ्वाईं सुनेर,
सानाे भाइ डरायाे ।
दाँत यसकाे कता छ,
जिब्राे खै कता छ,
सिङ हाेकि पुच्छर,
मानी फलाम कडा छ ।
गाेलाेगाेलाे मुख छ,
खान्छ अन्न अाेइराे,
घ्वाईं घ्वाईं घुमाउँदा,
च्याँख्ला पिठाे पहिराे ।
थाेरै अोइराे हालेकाे,
घुमाउनै गाराे भाे,
धेरै हाली घुमाएँ,
गेडा गेडै खसाल्याे ।
छाेडिददिएँ धुमाउन,
घ्वाईं घ्वाई चुप भाे,
पिठाे च्याँख्ला पहिराे,
खस्नेकाम बन्द भाे ।
भएँ असिनपसिन,
घुमाउनै गाराे भाे,
जाँताे नाम रे गाेलेकाे,
घरघर साथी याे।

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

4 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago