Categories: बाल कथा

“गहना”

तुलसी पण्डित

स्कूलमा सरले पढाउदै गर्दा भन्नु भयो । अनुशासन विद्यार्थीको गहना हो । जसले यसको पालन गर्छ उसले शिखर चुम्छ । नमितालाई यसबारे जान्न मन लाग्यो तर सरलाई सोध्न हिच्किचाइ । त्यस कुराले उसको मन तुल्बुलायो । सरले के भन्न खोज्नु भएको हो उसले भेउ पाउन सकिन ।


उसको मनमा यी कुरा खेली रहे । छुट्टी भयो । ऊ घर गई । “नानु तिमी आइ पुग्यौं । अब जाँच आइपुग्यो । अनुशासनमा रहेर पढ । यो नै विद्यार्थीको गहना हो ।” बाबाको कुराले ऊ चकित भइ । सरले भनेको कुरा बाबाले पनि भन्नु भयो । यो हाम्रो गहना कसरी भयो ? गहना त आमाले कानमा झुण्डाएको मुन्द्री मारवाडी पो हो । उसले बाबालाई भनी । “बाबा गहना भनेको सुनबाट बनेका बस्तु होइन र । अनुशासन पनि कसरी गहना भयो ?” “लाटी अझ तिमीलाई थाहा छैन । गहनाले मान्छेलाई राम्रो बनाउँछ । त्यस्तै विद्यार्थीलाई पनि अनुशासन रुपी गहनाले राम्रो बनाउछ । जसले अनुशासनको पालन गर्छ उसलाई सबैले मन पराउँछन् । ”
कसरी बाबा ? हेर तिमीले राम्रो सँग पढी पहिला दोस्रो भयौ भने तिमी सबैको प्यारी हुन्थ्यौ । यही तरिकाबाट अगाडि बढ्दै गयौ भने तिमी हरेक कार्यमा सफल हुन्छौ । अनि यो तिम्रो गहना भएन त ?” ” बाबा मैले अब राम्रो सँग बुझे ।” अब म यसको उचित सदुपयोग गर्छु । बाबाले हाँस्दै भन्नु भयो ।”छोरी अनुशासन विद्यार्थीको के हो रे ?” “सफलता चुम्ने गहना हो बाबा ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

10 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

10 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

11 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago