तीजको सांस्कृतिक महत्त्व र यसका नाममा बढ्दै गएका विकृतिहरु ।।

रामजी आचार्य
प्राध्यापक ,श्री जनमुखी आदर्श कलेज
गैँडाकोट -१५ अमरापुरी

नेपाल बहुभाषिक ,बहुधार्मिक , बहु सांस्कृतिक राष्ट्र हो । यसमध्ये नेपाली हिन्दु नारीहरुले मनाउने हरितालिका तीज नेपालको एक विशेष पर्व हो । यो चाड भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । तीज पर्व कसरी ,कहिलेबाट सुरु भयो? भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती रहेको पाइन्छ । त्यस मध्ये पार्वतीले पतिका रुपमा शिव प्रप्त गर्ने गरेको कठोर व्रत भगवान हरिको ( सल्लाह ) तालिका अनुर व्रत गरेर ,पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएको त्यसैले यस पर्वलाई हरितालिका तिज भनिएको हो भन्ने किंवदन्ती पाइन्छ ।तीज अवसरमा विशेष गरेर चार दिनहिन्दु नारीहरुले फरक-फरक विशेषता सहित मनाउने गर्दछन् ।
१.द्वितीया तिथिको राति दर खाने
२. तृतीया तिथिको दिनमा दिनभर व्रत बस्ने
३.भाद्र शुक्ल चतुर्थीको गणेश पूजा आरधना गर्ने
४.ऋषिपञ्चमी पवित्र भएर ऋषिपूजा गर्ने ,
हाम्रा अरु पर्वकोजस्तै हरितालिका तिजको सांस्कृतिक , वैदिक तथा पौराणिक प्रसङ्गसँग पाइन्छ : हरितालिका तिज शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा गरेको किंवदन्ती पाइन्छ । उनले सहजरुपमा गरेको तपस्याले शिवलाई प्राप्त गर्न नसकेपछि भगवान् विष्णुमार्फत शिवप्राप्त गर्ने उपाय थाहा हुन्छ भन्ने विश्वासले उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार बताइ दिएछन् । सोही अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । यही विश्वासको आधारमा अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलता पतिको दीर्घयूकालागि व्रत बस्ने र विशेष पूजा आराधना गर्छन् ।


तीज तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला (कतिपय महिलाले पानी समेत मुखमा हाल्दैनन्) कठो व्रत बस्ने भएकाले द्वितीया तिथिको राति मीठो मसिनो र चोखा विभिन्न परिकार पकाएर विवाहित चेलीबेटीलाई माइतीमा बोलाएर दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर माइतीको आगनमा चौराहामा भेला भएर दिनभरि नाचगान गर्छन् । (अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीमा श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाटेका किंवदन्ती पनि पाइन्छ ।)यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएर आफ्नो दुःखका , विसङ्गति विकृति , घरमा बारेमा समेत निर्धक्क गीतमार्फत वेदनाहरु पोख्ने गर्दछन् । (अहिले तिजका गीतमा दुःख वेदना भन्दा पनि छाडा असभ्य गीत गाउने त्यस्तै अर्धनग्न लुगा र पहिरन लगाउने पाटिप्यालेसमा रमाइलो गर्ने गर्दछन् । )दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर (फलाहार )फलफूल खाने गर्छन् ।
गणेश चौथी
स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो भन्ने मान्यता अनुसार हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् । (तीजको) तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसेका महिलाहरु भोलिपल्ट अर्थात (भाद्र शुक्ल चतुर्थीको दिन) गणेश चौथीका दिन भगवान् गणेशको आराधना गरी गणेश चौँथी मनाउन गणेशका मन्दिरहरूमा भगवानको आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । यसै दिनदेखि कतिपयले अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ ।
ऋषिपञ्चमी
तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले ऋषिपञ्चमी मनाउने गर्दछन्। ऋषि पञ्चमीका विषयमा विदर्भ देशमा बस्ने एक ब्राह्मणका एक छोरा सानै उमेरमा वेदमा पारङ्गत भए पनि छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भएकी एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेपछि ऋषिपञ्चमी महत्त्व बुझाएर र व्रत बसेपछि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालेको किंवदन्ती पनि पाइन्छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दाँत माझ्ने गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् । यस दिन महिलाहरुले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषबाट मुक्त हुन ऋषिहरूको पूजा गर्ने चलन रहेको छ । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले रजस्वलाको समयमा भएका जान अन्जानमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता अनुसार ऋषि पञ्चमीका दिन विशेष पूजा गर्ने गरिन्छ ।
द्वितीयाका दिन राति मीठो मसिना र चोखा विभिन्न परिकार पकाएर विवाहित चेलीबेटीलाई माइतीमा बोलाएर दर खाने तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला कठोर व्रत बस्ने , जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्ने दिदी बहिनी एकआपसमा भेटघाट हुँदा खुसियाली साट्ने , धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान समाजमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिनुको साथै नाचगानमा धर्म -कर्म , मौलिक चिन्तन र सृजनाका आधारमा मौखिक गीतबाट बिस्तारै महिलाहरूले आफ्नो भावना, सुखदुःख ,विसङ्गति ,विकृति र नारीको संवेदनालाई पनि गीतको विषय बनाउँदै लगे पाइन्छ । त्यसपछि क्रमश: नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू गाइन थालियो । तर विडम्बनाको कुरा आज मौलिक चिन्तन र सृजनाका आधारमा मौखिक गीत गाउने परम्परा यदाकदा दुरदराजका ग्रामीण समाजमा बाहेक अन्यत्र घट्दै गएको छ । अचेल मौखिक गीतको सट्टा क्यासेट तथा म्युजिक प्लेयरबाट नै गीत बजाई नाच्ने चलन हावी भएको छ, यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक हराउँदै जाने र एका देशको कथा नबन्ला भन्न सकिन्न ।
धार्मिक , सांस्कृतिक ,सामाजिक महत्त्व भएको तीज अचेल विकृत बन्दै गएको छ । एक महिना देखि होटलमा मात्र हैन लज र डान्स बारमा मदिरा सहितका कक्टेल पाटीका तस्बिर समेत सामाजिक सञ्जालमा देख्न पाइन्छ । उच्छृङ्खल गीतहरु गाउने त्यस्तै पश्चिमी छाडा नृत्यको नक्कल गर्ने , भड्किलो पहिरन , शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने रवाफ देखाउने चाडको रुपमा तीज नयाँ पुस्ताले बेझ्न थालेका छन्। छोटा अर्धनग्न पहिरन लगाएर नाचको निहूँमा अङ्गप्रदर्शन गर्नेजस्ता विकृतिहरू व्यापक हुँदै गएको पाइन्छ । यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई बढाउने हैन झन महत्त्व घटाउँदै लगेको छ। समाजलाई दूषित बनाउँदै गएको छ। कसैलाई रमाइलो गर्ने रङ्ग रमिता गर्ने छुट कानुनको अधिमा रहेर सबैलाई छ । बारमा रमाइलो गरे हुन्छ । अन्य कुनै कार्यक्रमका नाउँमा गर्न पाइन्छ । तर सांस्कृतिकमाथि नकारात्मक प्रभाव पार्न सांस्कृतिक चाडका नाउँमा विकृति फैलाउने छुट कसैलाई छैन । सचेत नागरिकले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, चाडपर्व, संस्कार र संस्कृतिलाई संरक्षण , सवर्धन , विकाश प्रचारप्रसार गरि मौलिकता थप्न र सर्वस्वीकार्य तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक सांस्कृतिक महत्त्व भएका यी पर्वहरूको वास्तविक नयाँ पुस्तालाई बुझाउन विभिन्न मौलिक मेला , प्रतिस्पर्धामार्फत रहस्य सबैले बुझेर र बुझाउने अनि सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु , यस्ता चाडपर्व मनाउनु हामी सबैको कर्तव्य हो । संस्कृत मनाअौँ विकृति हटाअाै , विश्वास गरौँ अन्धविश्वास नगरौँ । हरितालिका तीजको पवन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण हिन्दु महिला दिदी बहिनीमा सुस्वास्थ्यका हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।जयसंस्कृत

सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

21 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

21 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago