
शशी अर्याल
पार्क घुम्न गएको
रमाइलो भएको
फूफैफूल बगैँचा
नाच्न थाल्याे मन त
हरियाली दुबोमा
नाच्न थालेँ अब म
बस्ने मेच लर्कन
मन छैन फर्कन
चिप्लेटी र पिङले
घुमाउने रिङले
मन चोर्यो बेसरी
खेल्ने होला कसरी
मेरै जस्तो उमेर
आयो हुल घुमेर
आलोपालो गरेर
खेल्यौँ हामी रमेर
बाबाआमा सतर्क
नहोस् कतै अनर्थ
साथसाथै मसँग
कहिले त झसङ्ग
शनिबार रमाएँ
नयाँ साथी कमाएँ
मनभरी सम्झना
केके गरेँ पार्कमा
बिदा हुँदा घुमौँला
नयाँ ठाउँ डुलौँला
सिकाइमा पक्कै नि
सहयोग गर्छनि।





