Categories: कविता

“शून्यको महत्व”

केशवराज अधिकारी

एक भन्दा दुई ठूलो दुई भन्दा तीन
“जिरो जाबो”भनी हेप्ने सुन्यलाई किन।
शून्य मेरो नाम तर कोही भन्छन् जीरो
मै जिरो नि मौका मिल्दा बन्ने गर्छु हिरो।

मै हुँ भन्नेहरू यहाँ पर्छन् अलमल
सानोलाई माथी लान्छु,ठुलोलाई तल।
नौ ले फूर्ती गर्न थाल्यो भन्दै पाजी जीरो
एक सङ्ग अघि लागेँ म त भएँ हिरो।

नौ ले लग्यो गुडाउदै राख्यो अघिल्तिर
कुरा गर्छ ठुला ठुला ठाडो गर्दै सिर।
घमण्डको सेखी झार्न सक्छु म हुँ जीरो
गुड्दै नौको पछि लागेँ म त भएँ हिरो।

फकाउदै आठ आयो लग्यो आफै तिर
उस्कै अघि लागेँ अब मलाई के को पिर।
आठ बाट असी बन्यो कमाल् गर्छ जीरो
नब्बेलाई नौ मा झारेँ म त भएँ हिरो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

17 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

18 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago