Categories: बाल कथा

पाहुना

शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०

घरमा मिठा मिठा परिकारहरु पाक्दै थिए । केही पाकिसकेका थिए ।
छोरीले आमालाई सोधिन् ” घरमा कोही पाहुना आउँदैछन् कि के हो आमा ?
” अब तिमी जे सम्झ ” आमाले भनिन् ।
” खै ! हामीलाई थाहै छैन त ? भन्नै नहुने पाहुना हुन् कि ? ” छोरीले अरु जिज्ञासा व्यक्त गरिन् ।
” परिकारहरु सबै तयार भइसकेको थियो । गोल टेबलमा बाबुआमा ,छोरा , बुहारी , छोरी सबै खान बसे । थरीथरीका व्यञ्जनहरु आमाले पस्किन् । व्यञ्जनहरु स्वादिस्ट थिए नै त्यहिमाथि आमाको हातको खाना , आहा । पारिवारिक माहोलमा सबैले स्वाद मानीमानी खाए ।
छोरीले भनिन् – ” म त कोही पाहुना आउँदैछन् कि भनेर सम्झि राखेको थिएँ ।
” अनि मिठो मसिनो खान पनि पाहुना आउनै पर्छ त ?” आमाले प्रत्युत्तर गरिन् ।
एक महिना पछि आमा विमानस्थलमा थिइन् । छोराछोरी , बुहारी हातमा पासपोर्ट बोकेर विदेश उड़न लाइनमा उभिएका थिए ।
उनीहरु ओझेल नपरुन्जेल आमाले बिदाइको हात हल्लाइरहिन् । उनले जसरी अरु सयौँ बाबुआमाले पनि हात हल्लाइरहे ।
छोराछोरी ओझेल परेपछि विमानस्थमा एउटा खम्बाको आड लिएर आमा बेस्सरी रोइन् । उनीहरुलाई के थाहा केही दिनको बिदा लिएर आफ्नै घर ओहरदोहर गर्ने आफ्नै सन्तान पाहुना जस्तै भइसकेका थिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

13 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

14 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago