“राम्रो बानी”


अम्बिका शर्मा (माइली)

पुतली र भमरा
फुलमा घुमेको
मीठो रस खाएर
संसार भुलेको

मित्रताको परिभाषा
तिनले जानेको
एकअर्काको प्रेमलाई
ईश्वर ठानेको

हेर न साथी तिनीहरुको
कति राम्रो बानी
यो बानीमा रहेछ
ज्ञानको खानी

हामी पनि यो देखेर
ज्ञानको कुरा लिने
सानो ठूलो सबैलाई
मीठो माया दिने।