रम्भा पौडेल

प्यारा भाइबहिनीहरु !
रिस सबै मानिसमा हुने मानसिक उत्तेजना हो । रिसराग,मायाँ,सदभाव द्वेष ,इर्ष्या ,प्रेम ,करुणा सबै मानिसमा हुने गुण हुन् । कसैमा रिस नियन्त्रण गर्ने क्षमता बढी हुन्छ भने कसैमा कम हुन्छ । रिसले गर्दा कुटाकुट भनाभन,थुकाथुक सबै हुन्छ । तिमीहरुको पनि कक्षामा कतिपटक साथीहरुसँग यस्तै भएको होला । कहिले सर वा मिससँग पनि मुख छाडेको होला । सर र मिसले पनि हात उठाउनु भएको होला । यी सबै समाजमा हुने घटना हुन् । रिसको उग्रताले समाजमा धेरै नराम्रा घटनाहरु पनि घटेका हुन्छन ।
विज्ञानले रिसलाई सामान्य शुरुवाती मानवीय उत्तेजना हो भन्छ । यसको शुरुवात मानसिक तनाव ,समाजिक अन्याय र अन्य जैविक कारणबाट उत्पन्न हुने मानवीय सम्वेगको रुपमा परिभाषित गर्दछ ।
रिस र रागलाई नियन्त्रण गर्न नसक्दा नै, परिवार ,समाज, राष्ट्र र अन्तरराष्ट्रमा नराम्रा घटना घटेको तिमीहरुले सुनेकै छौ । कहीँ बाबुले छोरालाई मारेको,कही छोराले बाबुलाई मारेको, कहीँ श्रीमानले श्रीमतीलाई मारेको, कही सौतेनी आमाले झट्केला छोराछोरीलाई मारेको,कही जहाज नै अपहरणमा परेको त कही जहाज भित्रै छुरी हानाहान भएका घटना यत्रतत्र सुनेका छौ । हरेक मानिसले एकै छिनको रिसको आवेगमा धेरै ठुला दुर्घटना गर्दछन्र शान्तिपुर्वक बितिरहेको सामाजिक र पारिबारिक वातावरणलाई एकै छिनमा भताभुगंपारि मसानघाट तुल्य बनाउन पुग्दछन् ।
प्यारा भाइबहिनीहरु!
मैले सानो कक्षामा पढ्दा नेपाली कितावमा रिसको ओखती भन्ने एउटा पाठ थियो । त्यसमा लेखिएको थियो । रिसको ओखती पानी भनेर । रिस उठनेबित्तिकै पानी मुखमा राख्नु भनेर पढेको कुरा मलाई आज पनि याद छ । तर त्यसमा रिसका परिणाम भने लेखिएको थिएन।
नानीहरु!
हामीले समाज र परिवारमा सम्बन्ध राम्रो बनाउनु छ भने हामीले गरिरहेका साना तर परिणाम ठुला हुने यी आनीबानीलाई सुधार्न जरुरी हुन्छ । आजका तिमी साना नानी नै भोलिका देशको सबै क्षेत्र समाल्ने खम्बा हौ । त्यसैले आजैदेिख रिस र यसले दिने नकारात्क परिणामकाबारे जान्नै पर्दछ । तर प्रगतिका लागि सकारात्मक दृढता चाहिँ हुनै पर्दछ । तिमीलाई अरुले हेप्दा थोरै टाउको उठाउन भने जान्नै पर्दछ । सबै व्यक्ति गौतम बुद्ध बनेर घरवार नै छाडेर हिँडेर होइन उनका उपदेश मानेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ । उनका उपदेश भनेको जीवनलाई शान्तिपुर्ण बनाउनु नै पहिलो उपदेश हो ।
हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले पनि संयुक्तराष्ट्रसंघको महासभामा बुद्धको बाटो अपनाउन संसारलाई आह्वान गरेका छन् । विज्ञानले भन्छ रिसको पहिलो लहर शरिरमा ९० सेकेण्ड मात्र टिक्छ । त्यो ९० सेकेन्डलाई नियन्त्रणमा लिन सकियो भने मान्छे फेरी आफनै ठाउमा फर्कन्छ । यतिन्जेल यसलाई नियत्रण गर्न पानी खाउ र रिसलाई दवाउ अथवा कापिमा लेखेर च्यातेर फाल,अथवा कतै जाउ । सुत्ने बेलामा आफना अभिभावकको अनुभव सुन अथवा दन्त्य कथा सुन ।
रिस बोकेर बिस्तरामा नजाउ । रिस उठ्दा लामोलामो सास तानेर शरिरलाई नियन्त्रणमा लिन पनि सकिन्छ । रिस उठाएको मानिससंग नलडिकन फर्कनु भनेको आफुले हार्नु होइन बरु जित्नु हनेछ । रिस नियन्त्रण गर्नु कमजोरी नभइ तिम्रो जिउने कला हुनेछ । यो सानो बानीलाई आजैबाट सुधार गरौँ । तिम्रो कक्षामा तिम्रा साथीहरुसँग कतिपटक झगडा पर्यो भन ल । अनि मनन गर । पछि तिमीलाई बेकार झगडा गरेछु भन्ने लाग्यो कि लागेन ?
जय शान्ति

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

गरिबी

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४, नवलपुर “कहाँ पढ्ने होला ?” कक्षा आठ पास गरेपछि! आमा…

2 hours ago

“शरद् सौगात”

इन्दिरा प्रयास जहाँ जहाँ बसौँ हामी धरा एक हाम्रो स्वदेश या बसून् अन्तै फुलून् काव्य…

3 hours ago

“बाबाको ताकत”

उषा बस्ताकोटी खनाल बाबाको ओत पाए खर जडित कुटी बन्छ ठूलो हबेली । बाबाले कर्म…

1 day ago

“थकित शिक्षक, अन्धो समाज”

सबैको मुखमा एउटै वाक्य— “शिक्षक हो नि, यसरी पढाउनु पर्छ!” मानौँ शिक्षक रोबोट हुन्, विद्यार्थी…

1 day ago

“सानो हातले”

धनराज सिलवाल मेरा साना हातले कलम सामाउॅछु स्कूल जाने बेलामा सधैँ रमाउॅछु। बुबु माम आमाले…

2 days ago

विज्ञापन

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया बेलुका खाना खाँदै गर्दा ज्योतिले भनी, “बाबा, मैले जागिर पाएँ नि…

2 days ago