Categories: बाल कथा

नूतन भाष्य

ढाकामोहन बराल
पोखरा ७ मासबार कास्की

“नेत्रलालको छोराले निकै राम्रो पढाउँछ रे ।” कृष्ण प्रसादले गाउँको चौतारामा बसेर गफ गर्दै थिए ।
” हाम्रा केटाकेटी पनि हरिसर नभए त स्कुल नगए पनि हुन्छ भन्छ्न्।” नरजंगले थपे ।
” केटो सानैबाट टाठो हो । जे कुरा अह्राए पनि खुरुखुरु मान्ने असाध्यै ज्ञानी पनि थियो । ” कृष्णप्रसादले भने ।
” नेत्रलालले पनि आफूले दु:ख गरेर पढाएका हुन छोरालाई ।” अघिबाट कुरा सुनिरहेको अग्निलालले भने ।
कूलप्रसाद आउँदा आउँदै भने ” कसले दु:ख गरेको कुरा हो ? ”
” हरिको कुरा गरेको । निकै राम्रो पढाउँछ रे । ” नरजंगले भने ।
” बाबुले त दु:ख गरेका हुन क्यारे । छोरो बिग्रने भयो अब । ” कुलप्रसादले पुन: भन्यो ।
सबैले तारिफ गरिरहेको मान्छेको बारेमा आएको यस्तो टिप्पणीले सबै एक आपसमा हेर्न थाले ।
” के भन्छौ तिमी ? ” नेत्रलालले सोधिहाले ।
” त्यस्तो टाठो मान्छे पनि विदेश नगएर गाउँमै पढाएर बसेको छ । ” कुलप्रसादको जवाफ थियो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago