ढाकामोहन बराल
पोखरा ७ मासबार कास्की
“नेत्रलालको छोराले निकै राम्रो पढाउँछ रे ।” कृष्ण प्रसादले गाउँको चौतारामा बसेर गफ गर्दै थिए ।
” हाम्रा केटाकेटी पनि हरिसर नभए त स्कुल नगए पनि हुन्छ भन्छ्न्।” नरजंगले थपे ।
” केटो सानैबाट टाठो हो । जे कुरा अह्राए पनि खुरुखुरु मान्ने असाध्यै ज्ञानी पनि थियो । ” कृष्णप्रसादले भने ।
” नेत्रलालले पनि आफूले दु:ख गरेर पढाएका हुन छोरालाई ।” अघिबाट कुरा सुनिरहेको अग्निलालले भने ।
कूलप्रसाद आउँदा आउँदै भने ” कसले दु:ख गरेको कुरा हो ? ”
” हरिको कुरा गरेको । निकै राम्रो पढाउँछ रे । ” नरजंगले भने ।
” बाबुले त दु:ख गरेका हुन क्यारे । छोरो बिग्रने भयो अब । ” कुलप्रसादले पुन: भन्यो ।
सबैले तारिफ गरिरहेको मान्छेको बारेमा आएको यस्तो टिप्पणीले सबै एक आपसमा हेर्न थाले ।
” के भन्छौ तिमी ? ” नेत्रलालले सोधिहाले ।
” त्यस्तो टाठो मान्छे पनि विदेश नगएर गाउँमै पढाएर बसेको छ । ” कुलप्रसादको जवाफ थियो ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…