लेखबहादुरको सपनाको बीउ


नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर

एउटा सानो गाउँ थियो, गाउँमाथि हरियो वन, खोलो गाउने मीठो गीत, हावाले भर्थ्यो नयाँपन। त्यही गाउँमा कवि आए, काँधमा बोकी सपनाको झोला, गरिबका आँसु पुछ्दै, मीठा गीत गाउँथे होला । उनी भन्थे, “नानी हो, फूलझैँ फुल्न सिक्नू, आफू हाँस्दा अरूलाई पनि हाँसो बाँड्न सिक्नू ।” तर गाउँमा भोक थियो, चुलोमाथि धुवाँ थिएन, ठूलो घरमा भोज थियो, सानो घरमा अन्न थिएन । कवि गए, शरीर माटो भयो, तर गीत मरेन, बीउ बन्यो, हावासँगै उड्दै गयो, केही रहेन । अब हामी बीउ छर्नेछौँ, ज्ञानको पानी हाल्नेछौँ, अन्यायका काँडा उखेली, मायाको फूल फुलाउनेछौँ । देश हाँस्ने दिन आउनेछ, खेतमा सुन फल्नेछ, हरेक घरमा दीप बल्नेछ, लेखबहादुरको सपना झुल्नेछ ।