टिका शिवाकोटी आचार्य

किताबमा जोगिको परिचय पढेर नातिले भन्यो- “हजुरबा! जोगीको बारेमा अरु केही भन्नू न !”
नातिले आफ्नो संस्कृतिको बारेमा बुझ्न ‌खोजेको देखेर ‌ ‌खुसी हुँदै हजुरबुबाले भन्नुभयो -” जोगीहरू कालो गोलेसो झुन्ड्याउॅदै कार्तिक र चैत दुई पटक सम्म सिधा उठाउँदै बिहान बिहान घर घरमा आउँथे अनि रातमा फेरी लाउँथे ।घरको चार सुरमा, मुल ढोका र घरभित्रको मुल बीचको थाममा उभिएर फुक्ने गर्दथे । ”
नातिले नबुझेर सोध्यो -“किन त्यसरी फुकेको हजुरबा?”
हजुरबाले भन्नुभयो – “परिवारमा रोग व्याधा नलागोस र ग्रहदशाहरु टरेर जाने, घरमा सहले बास गर्ने धार्मिक विश्वास थियो त्यसैले ।”
नातिले खुशी हुँदै भन्यो – “आहा! कति राम्रो संस्कृति अनि संस्कृतिका कति धनी हामी ।”
नातिले फेरि सोध्यो -“अनि अचेल किन जोगी आउँदैनन् त हजुरबुबा ? खै ,म त कहिले देख्दिन त ?”
हजुरबाले खुइय सुस्केरा हाल्दै भन्नुभयो -“जोगीहरु अचेल बाघको आँखा अघिको मृग जस्तै भएका छन् बाबू ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 hour ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 hour ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

2 hours ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 day ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

1 day ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago