Categories: कविता

“साथी”


बिन्दु पौड्याल वस्ती

पल्लो घरे प्रवेश
वल्लो घरे रमेश
माथि घरकी रमिला
तल्लो घरकी सर्मिला

सबै हामी साथी
सोचौं माथि माथि
हुन्न गर्न झगडा
पारौँ दिमाख तगडा

सहयोग गरौँ मिलेर
हैँसेमा होस्टे गरेर
काट्नु हुन्न कुरो
बुझौँ मूल चूरो

हुन् सबै समान
यति कुरा जान
नगर है घमण्ड
तताउॅछ दिमाग

गरौँ सबलाई मान
विचारलाई सम्मान
हुन्न कसैलाई हेप्न
आउॅछ दुःखका दिन

सबै साथी आऊ
हातमा हात मिलाऊ
मित्रतामा छ शक्ति
गरौँ देशको भक्ति

यसमै हुन्छ कल्याण
साथी भाइले जान
छलकपट नगरी
हिडौँ आफ्नै सुर गरी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

5 minutes ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

16 minutes ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

23 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

1 day ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago