ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
सानोसानो सेतोसेतो
राम्रो खरायो
मैले आऊ भनेको त
परै हरायो
खुर्र यता, खुर्र उता
आमा छोडी जान्छ
दूबो घाँस जे पाए नि
कुटुकुटु खान्छ
ठाडाठाडा कान छन्
राम्रा ठूला आँखा
डराएर खोरमा पस्छ
ऊनजिक जाँदा
माया लाग्छ उसको मलाई
दिन्छु अन्न, पानी
गएन है उसको
कहिल्यै चकचके बानी।
रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…
सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…