केशवराज अधिकारी
मध्यनेपाल ७ लमजुङ
संसारका सबै मान्छे छैनन् एकै खाले
भन्नू हुन्छ पढाउँदा हाम्रो गुरुबाले।
कोहि गोरे,काले अनि कोहि मोटे धेरै
कोहि भने पातला छन् सबै साथी मेरै।
नाक चुच्चे,थेप्चे अनि आँखा भिन्ना भिन्नै
यस्तो फरक नभए त सकिन्नथ्यो र चिन्नै।
कोहि धेरै चिर्बिरे छन् कोहि कम्ती बोल्ने
राम्रो लाग्छ साथी सङ्ग मनका कुरा खोल्ने।
साना साना कुरा गर्दा रिसाईहाल्ने सानी
कसैको त रिसै ठूलो झर्कीहाल्ने बानी।
रुप रङ्ग भन्दा अझै राम्रो आनि बानी
मिलिजुलि पढौँ लेखौँ बन्नु पर्छ ज्ञानी।
कोहि होचा डल्ले भए कोहि अग्ला माथी
जो जो जस्ता भए पनि सबै मेरा साथी।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…