केशवराज अधिकारी
मध्यनेपाल ७ लमजुङ
संसारका सबै मान्छे छैनन् एकै खाले
भन्नू हुन्छ पढाउँदा हाम्रो गुरुबाले।
कोहि गोरे,काले अनि कोहि मोटे धेरै
कोहि भने पातला छन् सबै साथी मेरै।
नाक चुच्चे,थेप्चे अनि आँखा भिन्ना भिन्नै
यस्तो फरक नभए त सकिन्नथ्यो र चिन्नै।
कोहि धेरै चिर्बिरे छन् कोहि कम्ती बोल्ने
राम्रो लाग्छ साथी सङ्ग मनका कुरा खोल्ने।
साना साना कुरा गर्दा रिसाईहाल्ने सानी
कसैको त रिसै ठूलो झर्कीहाल्ने बानी।
रुप रङ्ग भन्दा अझै राम्रो आनि बानी
मिलिजुलि पढौँ लेखौँ बन्नु पर्छ ज्ञानी।
कोहि होचा डल्ले भए कोहि अग्ला माथी
जो जो जस्ता भए पनि सबै मेरा साथी।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…