महेन्द्र मोक्तान,
गैरीबास, कालेबुङ।
“स्याबास! खूबै राम्रो प्रगति नानीहरूको! सोंचे भन्दा धेरै असल प्रतिक्रिया! सक्रिय! बधाई सँगसँगै शिक्षकहरूलाई पनि हार्दिक नमन गर्छु। शिक्षक हऊन् त यहाँहरू जस्ता!”
अप्रत्याशित गाउँका प्राथमिक पाठशाला परिभ्रमणमा आएका जिल्ला निरक्षक गदगद् भए। “अझ उत्तरोत्तर प्रगतिले चुली चुमोस्।” -उनले कामना गरे।
प्रधान शिक्षक भने प्रशंसाले खुशी भए पनि हृदय खोलेर रमाउन सकिरहेका थिएनन्। असमञ्जस्यता मडारिरह्यो । निरक्षक भने-“सोझै श्रेणीमा पसे। रिसानी माफ पाऊँ है। पेशा नै यस्तो। चौतर्फी विकासको निम्ति अचानक यसो गर्नै पर्छ। सरकारी आदेश। सरकार शैक्षिक संस्थानहरूको सर्वाङ्गीण विकास चाहन्छ। खैर! जौँ कार्यलय! केही क्षण आराम गरौँ।”
मूर्तिवत ‘हुन्छ सर’को संकेत सितै उहाँलाई पाठशाला कार्यलयको चौकीमा बसाएर उनी बाहिरिए।
निकै बेर बित्दा नि उनी नभित्रिदा निरक्षक रिसाउँदै भने-“मिस्टर लक्ष्य! यो सरासर एउटा जिल्ला निरक्षकको अपमान हो! बिरामी मानसिकता फाल्नुस् !”
दुई कर जोडी नमन गर्दै उनले भने-“शिक्षकहरूलाई बधाई भन्नुहुँदै थियो। चाहिए जति शिक्षक छैनन् । म एउटै । चौकी नि पुरानो भएर सबै भाँचियो। त्यो पनि एउटै। हजुरलाई कहाँ उभ्याउनु भनेर बाहिरिएको।”
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…