महेन्द्र मोक्तान,
गैरीबास, कालेबुङ।
“स्याबास! खूबै राम्रो प्रगति नानीहरूको! सोंचे भन्दा धेरै असल प्रतिक्रिया! सक्रिय! बधाई सँगसँगै शिक्षकहरूलाई पनि हार्दिक नमन गर्छु। शिक्षक हऊन् त यहाँहरू जस्ता!”
अप्रत्याशित गाउँका प्राथमिक पाठशाला परिभ्रमणमा आएका जिल्ला निरक्षक गदगद् भए। “अझ उत्तरोत्तर प्रगतिले चुली चुमोस्।” -उनले कामना गरे।
प्रधान शिक्षक भने प्रशंसाले खुशी भए पनि हृदय खोलेर रमाउन सकिरहेका थिएनन्। असमञ्जस्यता मडारिरह्यो । निरक्षक भने-“सोझै श्रेणीमा पसे। रिसानी माफ पाऊँ है। पेशा नै यस्तो। चौतर्फी विकासको निम्ति अचानक यसो गर्नै पर्छ। सरकारी आदेश। सरकार शैक्षिक संस्थानहरूको सर्वाङ्गीण विकास चाहन्छ। खैर! जौँ कार्यलय! केही क्षण आराम गरौँ।”
मूर्तिवत ‘हुन्छ सर’को संकेत सितै उहाँलाई पाठशाला कार्यलयको चौकीमा बसाएर उनी बाहिरिए।
निकै बेर बित्दा नि उनी नभित्रिदा निरक्षक रिसाउँदै भने-“मिस्टर लक्ष्य! यो सरासर एउटा जिल्ला निरक्षकको अपमान हो! बिरामी मानसिकता फाल्नुस् !”
दुई कर जोडी नमन गर्दै उनले भने-“शिक्षकहरूलाई बधाई भन्नुहुँदै थियो। चाहिए जति शिक्षक छैनन् । म एउटै । चौकी नि पुरानो भएर सबै भाँचियो। त्यो पनि एउटै। हजुरलाई कहाँ उभ्याउनु भनेर बाहिरिएको।”
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…