नानि भारद्वज

“विद्यार्थी भाइबहिनीहरु, हेर त यो के हो ?”
कक्षा कोठामा विज्ञान शिक्षकले एउटा टेबुलमा राखेको गह्रौँ बस्तु देखाउँदै प्रश्न गरे।
“ढुंगो हो सर !” विद्यार्थीले एकै स्वरमा उत्तर दिए।
“यो के हो ?” अर्को चलमलाउँदै गरेको बस्तु देखाउँदै सोधे।
“गड्यौँला हो सर !”
“अब भन्न सक्छौ यी दुई मध्ये कुन चैँ जीवित कुन चैँ निर्जीव हो ?”
“थाह भएन सर !” विद्यार्थीहरुले पुन:एकैस्वरमा भने।
“यो ढुङ्गो निर्जीव हो भने गड्यौँलो जीवित हो !”,शिक्षकले भने।
अब भित्ते पोष्टरका विभिन्नखाले चित्रहरु एकएक गर्दै देखाउँदै उनले प्रश्न गरे। विद्यार्थीहरुले भन्दै गए, ” चरा, कलम,पिपल ।” सँगसँगै सजीव र निर्जीव पनि छुट्याउँदै गए। एउटा चित्रमा पुगेर विद्यार्थी टक्क अडिए।
शिक्षकले भने,” भगवान्।”
अब चैँ विद्यार्थीहरु अन्यौलमा परे अनि शिक्षकलाई नै प्रश्न गरे,”भगवान निर्जीव हुन् कि सजीव सर ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

5 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

5 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

6 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago