Categories: कविता

“वसन्त ऋतु”

अनन्तकुमार बस्नेत
मन्दाक्रान्ता

आभा छर्दै कुसुम कलिका फक्रिए कन्दरामा ।
यो बेलामा शिशिर ऋतुझैँ छैन जाडो धरामा ।।
घुम्दै फिर्दै सुभग महिना चैत्र वैशाख आयो ।
डाँडा पाखा हरित वनमा दिव्य सौन्दर्य छायो ।।

टल्के हाम्रा धवल रङका शैल घुम्टो उघारी ।
नेपालीका गहन मनमा भाव खासा उमारी ।।
चौँरी डाँफे पुलकित हुँदै हेर्न लाग्छन् बिहानी ।
कस्तूरीका मृदु पयरले लेख्न थाल्छन् कहानी।।

वासन्तीका मधुप वनमा मस्त छन् यो पलामा ।
नाच्ने गर्छन् छमछम गरी कोइलीको गलामा ।।
यो बेलामा प्रकृति दुहिता बेहुलीझैँ सजिन्छिन् ।
मानौ धर्ती अमरपुरकी किन्नरी मस्त लाग्छिन्।।

लाली छर्दै अब विटपमा फूल फुल्छन् गुराँस ।
बस्छन् सारा मुदित दिलमा हुन्न कोही उदास ।।
शोभा थप्छन् अतुलित यहाँ माधवी यी लताले ।
ज्योत्स्ना छर्छन् उपर नभमा सुस्तरी चन्द्रमाले।।

बोकेका छन् सुरभि सपना चित्तमा यौवनाले ।
हेर्ने गर्छिन् परम सुखले शाम्भवी शैलजाले ।।
यो वासन्ती उपवन सफा लाग्छ हेर्दा विचित्र ।
डुब्छन् सारा प्रमद मन यी चैत्र वैशाख भित्र।।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

4 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

4 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago