Categories: कविता

“नयाँ वर्ष”

शोभा कोइराला

नयाँ वर्ष उल्लास बोकेर आओस्
सिँगारी धरा बेहुलीझैँ सजाओस्।।

सुनौलो धरामा गरा कन्दराको
वसन्ती बगैँचा सधैँ मग्मगाओस् ।

खुसीको अनौठो नयाँ वर्ष पाई
प्रिया साथ साथै बगैँचा रमाओस् ।

बढोस् भाइचारा सुधापान गर्दै
मिलाएर आत्मा अँगालो लगाओस् ।

सयौँ जातको पुष्पमाला सजाई
सुनौलो बिहानी सदा झल्मलाओस् ।

हटोस् द्वेष दुर्भावना अन्धकार
चिदाकाश आकाश बन्दै उदाओस् ।

अँध्याराे हटाई जलाएर बत्ती
धराधाम याे जूनझैँ जग्मगाओस् ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

13 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

14 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

14 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago