Categories: Uncategorized

“वसन्त”


गणेश आत्रेय
मदनपोखरा,तानपा-९,पाल्पा

वसन्त छर्दै जब चैत आयो।
पोथ्रा लता वृक्ष खुशी गरायो॥
हराभरा भो’ वन बाग बारी।
सफा भयो मौसम मेघ फारी॥

हाँसे फुले फूल झुले रमाई।
नाचे खुले रङ्ग चुनी सजाई॥
बास्ना छरी डुल्छ बतास धेर।
आनन्दको राज वसन्त हेर॥

मौरीसँगै भृङ्ग रमाउँदैछन्।
सङ्गीतमा गीत मिलाउँदैछन्॥
देखाउँदै नाट्यकला विचित्र।
हँसाउँछन् नृत्य गरी सचित्र॥

कुहूँ कुहूँ कोकिल गान गर्छे।
नाची जुरेली मनमख्ख पर्छे॥
ती गौँथली भव्य उडान गर्छन्।
पाखा पखेरा सब शान भर्छन्॥

यो चैत्र वैशाख वसन्त वेला।
जाडो र गर्मी नहुने झमेला॥
आनन्दमा छन् खग जन्तु सारा।
आराममा मस्त समस्त प्यारा॥

सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

9 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

9 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago