Categories: बाल कथा

अनविज्ञता


बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन

“के गर्नुभएको ममी त्यस्तो ? अरूले देखे भने के भन्लान् ? तुरुन्तै डिलिट गर्नु त ।”
छोरीको पहिलो वाक्य नै यस्तो; मलाई अचम्म लाग्यो। आफूले केही गरेजस्तो थिएन।
सोधेँ, “नानी ! कुन कुरा होला ? तिमीलाई बिजाएको, भन त ।”
केही समयपछि फेरि छोरीले फोन गर्दै गर्नुभयो त भनिन् ? मैले सोचेँ, ” ठूलै त्रुटि भएछ कि क्या हो ? नत्र एकचोटि भनेपछि भइहाल्थ्यो । गर्नुभयो कि भएन भन्दै ढुक्क हुन खोजेकी छन् । मैले के बर्बाद गरेँ फेरि । मलाई त डर लाग्न पो थाल्यो।
उनले फेरि भनिन्, “तपाईँलाई आएन भने कमेन्ट नगर्नु न । नजानी, नबुझी गर्नुपर्छ भन्ने त केही छैन नि।”
आफ्नो मुहारपुस्तिका हेर्दै गएँ। विद्यालयका पूर्व प्रधानाध्यापकको मृत्यु भएको रहेछ । एउटै विद्यालयमा दश वर्षसम्म सँगै काम गरेका थियौँ । सरको निधनले आफू मर्माहित भएकी थिएँ । मलाई देख्ने बित्तिकै कमेन्ट लेख्न मन लाग्यो । हतारमै अरूको कमेन्ट कपी गरेँ । इमोजी पनि राख्न मन लाग्यो र राखेर पोस्ट गरेँ।
मैले रोएको भनेर बुझ्दै आएको इमोजी त खुसीमा हाँस्दा हाँस्दै आँसु झरेको पो रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“प्रथमआषाढ”

शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…

22 hours ago

इन्द्रेणी बेलुन

मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…

22 hours ago

प्रभाव

दुर्गा घिमिरे लागूपदार्थ सेवन र यसको असरबारे सचेतना कार्यक्रम चलिरहेको थियो। विभिन्न वक्ताहरूले लागूपदार्थको दुष्प्रभावबारे…

23 hours ago

“प्वाल परेकाे माेजा”

प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…

2 days ago

“बालकको खेल्ने रहर”

शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…

2 days ago

पैसा

दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…

3 days ago