Categories: बाल कथा

अनविज्ञता


बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन

“के गर्नुभएको ममी त्यस्तो ? अरूले देखे भने के भन्लान् ? तुरुन्तै डिलिट गर्नु त ।”
छोरीको पहिलो वाक्य नै यस्तो; मलाई अचम्म लाग्यो। आफूले केही गरेजस्तो थिएन।
सोधेँ, “नानी ! कुन कुरा होला ? तिमीलाई बिजाएको, भन त ।”
केही समयपछि फेरि छोरीले फोन गर्दै गर्नुभयो त भनिन् ? मैले सोचेँ, ” ठूलै त्रुटि भएछ कि क्या हो ? नत्र एकचोटि भनेपछि भइहाल्थ्यो । गर्नुभयो कि भएन भन्दै ढुक्क हुन खोजेकी छन् । मैले के बर्बाद गरेँ फेरि । मलाई त डर लाग्न पो थाल्यो।
उनले फेरि भनिन्, “तपाईँलाई आएन भने कमेन्ट नगर्नु न । नजानी, नबुझी गर्नुपर्छ भन्ने त केही छैन नि।”
आफ्नो मुहारपुस्तिका हेर्दै गएँ। विद्यालयका पूर्व प्रधानाध्यापकको मृत्यु भएको रहेछ । एउटै विद्यालयमा दश वर्षसम्म सँगै काम गरेका थियौँ । सरको निधनले आफू मर्माहित भएकी थिएँ । मलाई देख्ने बित्तिकै कमेन्ट लेख्न मन लाग्यो । हतारमै अरूको कमेन्ट कपी गरेँ । इमोजी पनि राख्न मन लाग्यो र राखेर पोस्ट गरेँ।
मैले रोएको भनेर बुझ्दै आएको इमोजी त खुसीमा हाँस्दा हाँस्दै आँसु झरेको पो रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

8 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

8 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago