“वायु प्रदूषण र हाम्रो कर्तव्य”

घनश्याम रेग्मी

मन्दाक्रान्ता

हाम्रो धर्ती दिन दिन यसै बन्न लाग्यो कुरूप
केले यस्तो हविगत गरी पार्न थाल्यो विरूप
छारो उड्दै गगनभरमा यो तुवाँलो भरेर
हाम्रा राम्रा दिनकर यसै मुर्झिए झैँ भएर।

आगो लाग्यो वन चहुरमा हेर मुस्लो धुवाको
प्राणीलाई अझ सकस यो सास फेर्नै भएको
थोत्रा गाडी अझ पनि यसै चल्दछन् घ्यार्रघ्यार्र
कालो मैलो पवन धन यो गर्दछन् हुक्क दिक्क ।

हामी जागौँ प्रकृति अब ता पर्छ जोगाउनै लौ
हाम्रो धर्ती सुख मुख खिली पर्छ हाँस्नु अझै लौ
बानी पारौँ समुचित कुरा मात्र गर्ने प्रयोग
पानी रोकौँ जल जमिनको आद्रता होस् प्रसस्त ।

हामीले नै वन चहुरमा वृक्ष नाना लगाऔँ
पानी हाल्दै विविध फलका बोट खासा उँगाऔँ
राम्रो होला तरुवर बढे भूमि सम्पूर्ण हाम्रो
हामी जागे सकल धरणी बास बन्ने छ राम्रो ।

बाटो बन्ने क्रम छ अहिले उड्छ माटो धुलौटे
बर्खा लाग्दा फतफत गरी बग्छ माटो बलौटे
माटोलाई फुतुफुतु उता बग्न रोक्छन् जराले
गर्दै राम्रो तजबिज उठून् आजका यी युवाले ।

मन्दाक्रान्ता

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

8 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

8 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago