
पुण्यप्रसाद घिमिरे
सुनसुन साथीहरू,
केही कुरा भन्छु,
जे छ मेराे मनभित्र,
त्यही कुरा भन्छु।
केके भन्छ केके भन्छ,
यही मनले भन्छ,
नायक कवि डक्टर वैद्य,
सबै बन्न मन छ।
खलागरा तारे माले,
मियाे बन्न मन छ,
थुँगा फूल माला उन्ने,
सियाे बन्न मन छ।
सुनसुन साथीहरू,
केही कुरा भन्छु,
जे छ मेराे मनभित्र,
त्यही कुरा भन्छु।
मन सारै चुलबुले,
साेच्छ केके केके,
भने मात्र बुझ्दिन,
~~पत्याउँछु देखे।
बित्ता हात काेरी खेल्ने,
बियाे बन्न मन छ,
संसार झलमल पार्ने,
दीयाे बन्न मन छ।
सुनसुन साथीहरू,
केही कुरा भन्छु,
जे छ मेराे मनभित्र,
त्यही कुरा भन्छु।





