Categories: बाल कथा

विडम्बना


भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

“किन, ढिलो भएन ?” आमा कराउँनुभयो।
विएलइको परीक्षा नजिकिएको छ, बिहान बेलुका ट्युसन जानुपर्ने हुन्छ, दिउँसो विद्यालय धपडी त्यस्तै छ । आरामले खाने, खेल्ने, घुम्ने फुर्सत् छैन । राम्रोसँग पढे नतिजा राम्रो आउँला नत्र भन्न सकिन्न । दौँतरीलाई जित्नु छ, प्रतिस्पर्धा पनि बेग्लै छ।
उषा र कला मिल्ने साथी हुन्, उनीहरू एकछिन छुट्टिदैन्थे । बाहिर मिलेता पनि पढाइको विषयमा मौन प्रतिस्पर्धा चलिरहन्थ्यो। प्रतिशत हेरिन्थ्यो, यद्यपि मिलाप भने बेजोडको थियो।
“आफूलाई ट्युसन जान ढिला भइसक्यो,साथीहरू कुर्दैनन् के ? म गएँ है, आमा !” उषा कराई, गई।
दुबैसङ्गै जान्छन्, पढेर घर फर्कन्छन् । कलाको घर बाटैमा पर्छ, ऊ बिदा हुन्छे, जान्छे । उषाको घर केही टाढा पर्छ, सुनसान, बस्ती नभएको बाटो कट्नु पर्ने हुन्छ।
आमा सदा झैँ खाना बनाएर काममा निस्कनुभयो । बेलुका घरमा आउँदा छोरी घरमा हुँदिनन् । बोलाउँनुभयो,”उषा ए उषा, कहाँ गई, छैन,आएकी छैन,अझै ?” कराउँदै घरधन्दामा अल्झिनुभयो । झमक्क साँझ पर्यो, बत्ती बाल्नुभयो, सोधखोज गर्न थाल्नुभयो । कलालाई फोन लगाउँनुभयो, “तिमी कहाँ हो,खोई उषा, अहिलेसम्म आएकी छैन, कहाँ छ ?” एकै सासमा सोध्नुभयो।
“अहँ छैन, आज दिउँसो विद्यालय पनि आइन् , किन हो, कहाँ गई र ?” कलाले प्रतिप्रश्न गरी, अन्जान बनी, आफैँ अन्योलमा परीगाइँगुइँ चल्यो, छिमेकी जम्मा भए, आफन्तीकोमा खबर गरियो, बुझियो । पत्तो लागेन, कोही कता त कोही कता लागे, खोज्न थाले ।
समसामयिक परिवेश नियालेर एउटाले भन्दै थियो, “मान्छे विवेकशून्य बन्दैछन्, बढेकी चेली, अप्रिया घटना नघट्ला भन्न सकिन्न ।“ वरिपरि खोजे, केही सुइँको पाएनन् । अनेक शङ्का उपशङ्का उब्जिएको थियो । मनमा डरले बास गरिसकेको थियो । उसले फेरि थप्यो, “हुनत तीन वर्षको बालिका सुरक्षित छैनन् देशमा, बलात्कारका घटना दोहोरिएका छन, यौन दुर्व्यवहारका घटना आइरहेका छन् । राज्यले कडा कानुन नबनाउँदा अपराधी मौलाएका छन, कहिलेसम्म नारी भएकै कारणले अकालमा मर्नुपर्ने हो, केही भन्न सकिन्न ?” उपेक्षा भरिएको गह्रौ स्वरमा ऊ गुन्गुनायो । राज्यप्रणालीको निन्दा गर्यो।
आमा विलाप गर्दै हुनुहुन्थ्यो ,कहाली लाग्दो थियो, रूदै भन्दै हुनुहुन्थ्यो, “छोरी,तिमी कहाँ छ्यौ ? जहाँ छ्यौ कुशल छ्यौ नि अहिलेसम्म ।“ भगवान रक्षा गरिदिनुहोस् है, लाचार हुँदै याचना गर्दै हुनुहुन्थ्यो।
सबै प्रत्यक्ष नियाली रहेको एउटाले औल्याउँदै भन्यो, “छोरी भएर जन्मनु अपराध हो, जन्मदै उसको अस्तित्वमाथि प्रश्न उठ्छ, कामवासनाको साधन ठानिन्छ । उसको शरीरमा अधिकार अर्कैको हुन्छ, के निर्जीव साधन हो ?“ ऊ आफन्त थियो, पिडा भयो, लगातार भनिरह्यो।
त्यतिकैमा अर्कोले खबर ल्यायो,आत्तिएको थियो, हड्बडाएको स्वरमा बोल्यो, “तल्लो फाँटको झाडीमा आँखामा पट्टी बाँधिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ ।“ सबै अत्तालिए, उतैतिर लागे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

3 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

1 day ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

1 day ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

1 day ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

2 days ago

“जवाफ”

गंगाराम ढकाल भोटेकोसीमा एक्कासी आएको ठूलो बाढिले हजारौँ मान्छे बगायो । घर बगायो । बजार…

2 days ago