रञ्जुश्री पराजुली
सरस्वती माता विद्या दायिनी
स्वत बस्त्र अति सुन्दर धारिणी
बिणा बजाई भक्त रमाई हंस बाहिनी
माता बसन्त रितुमा सुवास दिन्छौ
भक्त्तहरु बीच विद्या छर्छौ
गर्छौ प्रणाम विद्या दायिनी
जग सब बिच चेत दायिनी
आमा तिमी बिन जग अँधेरो
झार्छौ ज्ञानको अटुट पँधेरो
भोग लगाई फलफुल पेँडा
धूप दीप बस्त्र अनि नैबेद्धे
भाइबैनी सकल समस्त एक चित्त भैकन
अति मस्त कलम कापी पुस्तक च्यापी
विद्यारम्भ गर्दछन् रमाई
कर जोरी माता भक्त्ति गर्छु
अन्जान मुर्ख म भक्त तिम्रो
पढ्न सिकाउ ज्ञान बढाउ
तिमी बिन छैन केही उज्यालो।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…