नन्दलाल आचार्य
“कलम समात्ने हात नै काँप्छ बा !” अञ्जलीले गहभरि आँसु पार्दै भनिन्, “अक्षरहरू पनि धमिला देखिन्छन्।”
बाबुले निधारमा हात राख्दै सान्त्वना दिए, “विद्या कहिल्यै धमिलो हुँदैन छोरी । तिम्रो आँखाको आँसुलाई बचाएर राख । त्यसले नै तिम्रो जीवन बदलिदिन्छ ।”
सात वर्षअघि आमाको मृत्यु भएपछि, अञ्जलीको पढाइ अवरुद्ध भएको थियो । घरको जिम्मेवारीले उनलाई किताबबाट टाढा बनाएको थियो । तर, बाबु भने निरन्तर सम्झाइरहन्थे- “पढाइ छोड्न पाइँदैन, तिमी नै हाम्रो घरकी सरस्वती हौ ।”
एक साँझ , कामबाट फर्कँदा बाबुले अञ्जलीलाई नयाँ कापी र कलम दिए र आदेश दिएजस्तै भने , “अब पढाइ सुरु गर ! ”
अञ्जलीले कम्पनयुक्त हातले कलम समाइन् । आँखा उज्यालो बनाएर कापी खोलिन् । आँसुले अक्षरहरू धमिला भए पनि उनको हृदयमा भने स्पष्ट लेखियो, “विद्या कहिल्यै धमिलो हुँदैन ।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…