रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
विभूतिकाे कुरा गर्छु सुन है त नानी बाबुु
नेपालका धराेहर चिनाउछु सबै सामु।
थिए राजा जनक ती राजर्षिका गुणधारी
जनककी छाेरी सीता देवी रूप हाम्री नारी।
लुम्बिनीमा जन्मिएका भगवान बुद्ध ज्ञानी
शंखधर साख्वा थिए उदार ती महा दानी।
स्वर्णयुग थियाे हिजाे अंशुवर्मा राजा थिए
कलाकार अरनिको कलाकृति खुबै दिए।
न्याय मर्न नदिएर राम शाह नामी भए
वीर याेद्धा बलभद्र अंग्रेजकाे साताे खाए।
देश सिङ्गो बनाउन पृथिवीकाे याेगदान
देश हित गरूँ भनी अमरसिंह दिए ज्यान।
नेपालका हिराे थिए भीमसेन थापा पनि
भाषा अनि साहित्यमा भानुभक्त भए नामी।
किराँतीका फाल्गुनन्द कस्ले भुल्न सक्छ यहाँ
साहित्यले फड्काे मार्याे माेतिराम थिए जहाँ।
राणातन्त्र ढल्याे यहाँ त्रिभुवन राजा हुँदा
पासाङले नाम राखिन् सगर्माथा शिर छुँदा।
विभूतिकाे याेगदान भुल्नुहुन्न हामीहरू
उठाउन देश माथि जीउ ज्यान दिऊँ बरू।
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…