“विश्वव्यापी तापक्रम र असरसाउन”

नरिश्वर गौतम

साउन भदौ खडेरी पर्छ
चैत-वैशाखमा हिउँयो
अनौठा ऋतुलाई
खै के नाम दिऊँ ?

पुस- माघमा गर्मी भयो
वैशाख- जेठमा ठण्डा
बेमौसममा फुल्छन् फूल
बिनाखोक्रा अण्डा ।

विश्वव्यापी तापमान
प्रदूषणले गर्दा
वर्षायाम सुक्खा हुन्छ
हिउँदमा झरी पर्दा ।।

अग्लिदैछ सागरपिँध
पग्लिदैछन् हिमाल
बेलाबेला प्रकोपले
गरिरहेछन् कमाल ।।

उल्टो हो कि प्रकृति
मान्छे भयो स्वार्थी?
दूषित हुँदा वायुतह
रिसाइन् कि धर्ती ?

सारथि बाल पत्रिका

Recent Posts

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

2 minutes ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

26 minutes ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago

“चोके दादा”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर,६ दोलखा गाउँको धनबहादुर सहरको धर्मेश, धनी मान्छे तर उसको बन्दव्यापारको बारेमा समाज…

3 days ago

सजायाँ

शान्ता तिम्सिना भक्तपुर "के भयो बाबू ! किन यसरी बसेको ? " आमाले सोधिन् ।…

3 days ago