बाेधराज प्याकुरेल
खजुरा,बाँके
” फिस ल्याइनस् ?”
“आमाले केही दिनपछि दिन्छु भन्नुभएको छ सर!”
” अरु कुरा म जान्दिनँ, फिस नतिरी प्रवेश पत्र पाउँदैनस् ।”
“मसुराे बेचेर दिन्छु भन्नुभएको थियोे,पानी परेर….।”
” पानी पराेस् कि असिना पराेस्,परीक्षा दिन पाइनस् भने मलाई नभन्नु,जा फिस तिरेपछि मात्रै प्रवेश पत्र पाउँछस् ।”
समिर निराश भयाे । समयमा फिस तिर्न नसक्दा स्कुलमा कयौंपटक सहनु परेको अपमान र बेइज्जतलाई उसले पार गर्दै दश कक्षासम्म पढेको थियो । तर एसइइकाे परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्थाको उसले कल्पनासमेत गरेको थिएन।
” तेराे बुबाको यही एउटा चिनाे बाँकी थियो । ला! बेचेर फिस तिर्दे।” एकल आमाले हरियो धागाेमा झुन्ड्याएर आफ्नाे गलामा लगाएकाे तिलहरी खाेलिन् र समिरकाे हातमा राखिदिइन् ।
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर,६ दोलखा गाउँको धनबहादुर सहरको धर्मेश, धनी मान्छे तर उसको बन्दव्यापारको बारेमा समाज…