प्रवेश पत्र

बाेधराज प्याकुरेल
खजुरा,बाँके

” फिस ल्याइनस् ?”
“आमाले केही दिनपछि दिन्छु भन्नुभएको छ सर!”
” अरु कुरा म जान्दिनँ, फिस नतिरी प्रवेश पत्र पाउँदैनस् ।”
“मसुराे बेचेर दिन्छु भन्नुभएको थियोे,पानी परेर….।”
” पानी पराेस् कि असिना पराेस्,परीक्षा दिन पाइनस् भने मलाई नभन्नु,जा फिस तिरेपछि मात्रै प्रवेश पत्र पाउँछस् ।”
समिर निराश भयाे । समयमा फिस तिर्न नसक्दा स्कुलमा कयौंपटक सहनु परेको अपमान र बेइज्जतलाई उसले पार गर्दै दश कक्षासम्म पढेको थियो । तर एसइइकाे परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्थाको उसले कल्पनासमेत गरेको थिएन।
” तेराे बुबाको यही एउटा चिनाे बाँकी थियो । ला! बेचेर फिस तिर्दे।” एकल आमाले हरियो धागाेमा झुन्ड्याएर आफ्नाे गलामा लगाएकाे तिलहरी खाेलिन् र समिरकाे हातमा राखिदिइन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

3 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago