जलवायू परिवर्तन र नेपाल

सन्दर्भ -विश्व वातावरण दिवस !

२०३५/३६ सालतिर काठमाण्डूतिर आऊँदा तराईमा फल्ने आंप ,केरा ,कटहर ,मेवाका बोट हरू तेति देख़िदईनथ्यो । पुष माघमा धाराको पानी जमेर लट्ठिले हिर्क़ाए पछि मात्र पानी झरदथ्यो । तर आजकल यो कुरा भनदा अचम्म मानछन मानिसहरू !
अहिले जताततै आंप केरा कटहर मेवाका बोट मात्र हैन फलेकै देख्न सकिनछ भने क़हिलेकाही तराईकै जस्तो गर्मिले पंखा चलाऊँन पर्ने हुनछ ।
मौसमको उल्टो चक्रले गर्दा तराईमा गहुँ र धानको उत्पादन घटदई छ पहाडमा चाहि बढ़दैं छ । मनाङ मुस्ताङ्मा समेत धान र तरकारी उत्पादन हुन थालेको छ । हिमाली क्षेत्रतिर बालीनाली चाडो पाक्न थालेका छन ।


लोचेलिङ् जातको स्याउको फल्ने सिजन बदलिएर कार्तिकतिरै सरेको छ ओखलढुङ्गा सोलू सल्लेरी र फाप्लुतिर। सिंधुलिका फ़ेमस जूनार पनि कार्तिकतिरै पाक़्न थालेछन ।
अर्घाखाँची पणेनाको सिम्ले , सिन्धुलीको रतनचुरा, बागेश्वर, जलकन्या, तीनकन्या, बितीजोर, दुम्जा, मझुवा आदि स्थानमा दशैँमै सुन्तला ,निबुवा ,भोगटे ,बिमिरा आदि हिऊँदे फलफूल पाक़्न थालेका छन भने तिहारमा फुल्ने सयपत्री मखमली फूलहरू दशैंमैं ढकमक्क फूल्न थालेका छन । उदयपुर जिल्लाको आहाले ,बबला ,लिम्पटार रौता ,रूपाटार , नाभेटार, गिदीनटार, ठानागाऊँ माने भञ्ज्याङ् आदि गाउँमा चैत लाग्दा फुल्ने गरेको लालीगुराँस माघमै फुल्न थालेको देख़िन्छ ।
हिउँ पग्लिने सिजन चैत्र भएपनि जुमला हुम्लामा चाहि बेपत्तासंग हिमपात हुने गरेको पाईन्छ । डोलपातिर यार्चागुम्बाको उत्पादन पनि कम हूँदैं गएको छ भने डडेलधूरामा ऐसलु र काफल चाँडै पाकेको छ ।
काठमाडौँमा दरबारमार्ग र रत्नपार्कको शिरिष ढिलो गरी फुल्यो ।गुँरासको राजधानी’ भनिने तेह्रथुम वसन्तपुरको मिल्के, तीनजुरे, जलजले क्षेत्रमा सिजनभन्दा पहिले नै गुँरास फुल्न थाल्यो । कर्णालीमा पनि लामखुट्टे लाग्न थाल्यो भने लेकतिर पनि लामखुट्टे लाग्ने गरेकाले झूल चाहिने भएको छ ।सगरमाथा बेस क्यामपतिर झिँगा देखिन थाले । हिमाली भेगतिर बस्ने हिमचितुवा र डाँफे देख़िन छोड़ेको छ ।
रुपन्देही , कपिलबस्तु कैलालीतिरका सीमसारमा आऊँने चराको संख्या घटदई गएको छ । बेगनासताल, रूपाताल फेवाताल र रारातालको पानी घट्दैं गएकाले पोखरीको पिँधमा माटोको सतह बढदैं गएर पुरिने क्रम बढ़दो छ । बस्ती बिस्तार संगै पानीको दोहन अत्यधिक हुने गरेकाले ज़मीन भित्रको पानीको सतह क्रमस घटदैं गएको छ । डिप बोरिंग गर्दा अब २/३ सय फ़िट खन्ने गरिएको छ । अधिकांश हिटीधारा कुवा , इनार सूकी सके ।
चुरे भावर क्षेत्रमा अत्यधिक दोहन गरीएकाले पानीको हाहाकार हुनेछ आगामी दशकमा ।
सेतो हिँउले सदा ढाकिने गरेका हिमशिखरहरू आजकल काला चट्टान मात्र देख़िनछन ।
महालंगुर हिमश्रृङ्खलाका सगरमाथा, ह्लोत्से, पुमोरी, नुप्त्से हिमाल मात्र हैन कंचनजंघा, गौरीशंकर आमाडब्लम अन्नपूर्णा गणेश धवलागिरि माछापूछरे आदि हिमाल पनि काला पहाड देख़िदैं गएका छन् ।
हिमतालहरू पनि क्रमशः पग्लिँदैछन् ।गोराक्सेप, लोबुचे, थुक्ला, गोक्यो तालका पानी घटदई गएको छ । हाम्रो पृथ्वी दिन परदिन तात्दै गइरहेकोले करिब ६७ प्रतिशत हिमनदीहरूमा हिऊँ कम हूँदै गएको अनुमान गरेका छन मौसमविद्हरूले ।
विश्व प्रकृति कोष नेपाल (२००५) को तथ्याङ्क अनुसार नेपालमा ३२५२ वोटा हिमनदीहरू छन भने २३२३ वोटा हिमतालहरू छन । जसमध्ये २६ वटा हिमतालहरू ठूलो खतरा निम्त्याउने खालका छन् (इसिमोड र युएनइपी २००१) अनुसार ।
अहिलेसम्म नेपालभित्र पाँचवटा हिमताल विष्फोटनका घटनाहरू भइसकेका छन् ।
खम्बु क्षेत्रमा मात्रै गएका तीन दशकभित्र दुईवटा हिमताल विष्फोटनका घटना भएका थिए ।
मध्यफागुनको तापक्रम माघको शुरूमै अनुभव हुनथाल्यो । मंसिर नसकिँदै तराईमा शीतलहर चल्नथाल्यो । पुसको १–२ गते त शीतलहरले मान्छे मर्न सुरू भयो । अरबका मरभूमि भनिने शहरमा भँदा बढ़ी तापक्रम नेपाल भारतका शहरहरूमा रेकर्ड गरियो । नया दिल्लीको तापक्रम ५० नाघयो भने धनगढ़ीमा ४५ पुग्यो ।
पृथ्वीबाट कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जन (Carbon emission) नै पृथ्वीको तापक्रम बढ्ने र मौसममा गडबड़ी हुने मुख्य कारण रहेको छ । अर्को कारण बनजंगलको धेरै बिनास हो ।
नेपालबाट प्रतिवर्ष ०.३१६२ टन कार्बन उत्सर्जन हुन्छ भने अमेरिका एक्लैले प्रतिवर्ष १४८८.४७ टन कार्बन उत्सर्जन गर्ने गर्छ ।
अत कार्बन बढ़ी उत्सर्जन गर्ने देशहरूलाई पेनाल्टी तिराई अरु देशलाई सघाऊ पूर्याऊन अति ज़रूरी छ । अस्तु ।

सारथि बाल पत्रिका

Recent Posts

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

23 hours ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

1 day ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

2 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

2 days ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 days ago