मोहन प्र घिमिरे
शान्तिनगर,सिद्धिचरण मार्ग,वानेश्वर
आयौ शरद् घरैमा आनन्दको छ बेला
मीठो समीर बग्ने, छन् बाग नै पहेँला
जाडो न साथ तिम्रो, तातो न खप्न गाह्रो
सामान्यमा धरामा झार्दैन मेघ धारो।
चिन्थेँ सुँघेर बास्ना आयौ तिमी भनेर
तिम्रै गरी प्रतीक्षा बस्थेँ दिवा गनेर
आए तिमी सबैका टुप्लुक्क आँगनीमा
देखिन्छ दिव्य आभा आकास, चाँदनीमा।
ल्याएर साथ तिम्रो उल्लास, चाडबाड
बज्ने छ शङ्ख घण्टा आस्था बनी प्रगाढ
चम्किन्छ दीप, बास्ना फैलिन्छ धूप बाली
सत्कार गर्न तिम्रो सद्भावना सँगाली।
छ्यौ शान्त सौम्य साँच्चै उद्दण्डता विनाकी
हेरेर मुग्ध मान्छे तिम्रो सुरम्य झाँकी
शोभा अखण्ड तिम्रो हेरेर चन्द्र सूर्य
ईर्ष्या गरेर झर्लान् बन्दै निकै अधैर्य।
फुल्छन् यहाँ हजारी, गोदावरी र जाई
हर्षेर यी धराले आतिथ्य गर्न लाई
विर्सेर सौम्यताको आफ्नै अमूल्य गाथा
तड्पाउँछ्यौ कदाचित् ल्याएर विघ्न वाधा।
झन् बेस मान्न सक्थ्यौँ बाढी बनी नआए
उर्लेर खेत बस्ती बाटो कुनै नखाए
बाटो कुरेर बस्ने तिम्रै सबै हितैषी
सत्कार गर्न पाए तिम्रो कतै नतर्सी।
रमेशचन्द्र घिमिरे जाडो लाग्न सुरु गर्यो गर्दै खुसुखुसु आकाशले शीत छर्न थाल्यो छुसुछुसु बिस्तार बिस्तार…
उषा बस्ताकोटी खनाल ग्रीष्मको उम्लिँदो ताप उसकै हातमा दिई ऋषितुल्य शरद्बाट चन्द्रको चन्द्रिका लिई हेमन्ती…
प्रेमनारायण भुसाल शिक्षा चेतनाको प्रतीक हो । मानवको सोचाइ, हेराइ अर्थात् दृष्टिकोण निर्माण गर्ने, स्मृतिको विकास…
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकामाथि हुने…
रोजिना घिमिरे अँ, म हिँडिरहेछु… निरन्तर, निर्भीक र आफ्नै पदचापहरूको एउटा अमूर्त लयमा, जहाँ मेरो…
View Comments
68JL is pretty good, I've been messing around on it for a bit now. Good selection of games, it's a nice alternative pick. Play and win guys: 68jl