Categories: बाल गीत

“मेरो साथी पुतली”


धनराज सिलवाल
चितवन

पुतली यो पुतली
कति राम्री पुतली
मेरो साथी पुतली
बगैँचाकी सुन्दरी॥

फूलको थुँगा थुँगीमा फुर्रफुर्र उडेर
सुगन्धको साथमा साथसाथै नाचेर
मलाई किन हॅसायौ ?
मलाई सॅगै नचायौ ॥
पुतली यो………सुन्दरी।

मलाई पनि मन छ
वास्ना छर्ने फूल बन्न
मलाई पनि मन छ
तिमी जस्तै उडन ॥
पुतली यो………..सुन्दरी।

साथी भाइ मिलेर
किताब कापी च्यापेर
गुरूहरुको साथमा
बाह्रखरी पढेर।

फूल बनी फक्रन्छु
सुगन्धले लोभ्याउॅछु
ज्ञानी बनी यो देशलाई
विश्व माझ चिनाउॅछु ॥
पुतली यो……….सुन्धरी।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

गरिबी

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४, नवलपुर “कहाँ पढ्ने होला ?” कक्षा आठ पास गरेपछि! आमा…

4 hours ago

“शरद् सौगात”

इन्दिरा प्रयास जहाँ जहाँ बसौँ हामी धरा एक हाम्रो स्वदेश या बसून् अन्तै फुलून् काव्य…

4 hours ago

“बाबाको ताकत”

उषा बस्ताकोटी खनाल बाबाको ओत पाए खर जडित कुटी बन्छ ठूलो हबेली । बाबाले कर्म…

1 day ago

“थकित शिक्षक, अन्धो समाज”

सबैको मुखमा एउटै वाक्य— “शिक्षक हो नि, यसरी पढाउनु पर्छ!” मानौँ शिक्षक रोबोट हुन्, विद्यार्थी…

1 day ago

“सानो हातले”

धनराज सिलवाल मेरा साना हातले कलम सामाउॅछु स्कूल जाने बेलामा सधैँ रमाउॅछु। बुबु माम आमाले…

2 days ago

रिस

रम्भा पौडेल प्यारा भाइबहिनीहरु ! रिस सबै मानिसमा हुने मानसिक उत्तेजना हो । रिसराग,मायाँ,सदभाव द्वेष…

2 days ago