Categories: बाल कथा

“शिक्षा”

अमृत समीर”

“धेरै पढेर, ठूलो मान्छे बन्नू।”
दशैंमा ठूलाबडाहरूबाट यहीँ आशीर्वाद पाउँथेँ मैले। सपनाहरू त कत्ति हो कत्ति। बाल मष्तिकमा गहिरो छाप परेको थ्यो, ठूला सपनाहरूको।
अभाव र बाँध्यताहरूले गर्दा, आठ कक्षाको अनौपचारिक शिक्षापछि, मैले विद्यालय छोडेँ। मिहिनेत, मजदुरीमा दिनहरू बित्न थालेँ।
समयसँगै सबै कुरा परिवर्तित भए। लवाई, खवाई, बसाइँ औ पढाइ, सब परिवर्तन भए। मान्छेहरूको दैनिकी परिवर्तन भयो। मान्छे आफैँ पनि परिवर्तन भयो। सभ्यता जहाँको होस्, सिक्नु पर्छ तर, त्यहीँ सभ्यतालाई अंगालेर आफ्नो सभ्यता र पहिचान कदापी भुल्न हुन्न भन्ने कुरा, मान्छेले बिर्सदै गए। अश्लील हर्कतहरू सामाजिक सञ्जालभरी, आँगनमा बिस्कुन सुकाएसरी छरिए।
म देउरालीमा एकछिन बिसाउँदै थेँ। एकजना स्कूले बाबू म नजिकै आएर बस्यो। उसले ब्याग खोल्यो र यौटा कापी निकालेर पंखामा काम गर्न थाल्यो। ब्यागभरी किताब र कापी। जोखेरै हेर्ने हो भने चार के.जी. त पक्का।


मैले उसलाई सोधेँ, “ए! बाबू, कति कक्षामा पढ्छौ तिमी ?”
उसले भन्यो, “क्लास एट्मा।”
उसको अंग्रेजी सुनेर मैले फेरि प्रश्न गरेँ,
“अनि बाबू, बाह्रखरी आउँछ कि नाइँ ?”
उसले तुरुन्तै भन्यो,
“अलि-अलि आउँछ। तर पूरै आउँदैन। आजकाल हाम्रो स्कूलमा नेपाली सब्जेक्ट बाहेक सबै इनग्लिसमा पढाइ हुन्छ। फेरि आजकालको जमानामा इङ्लिस आएन भने पढेको के अर्थ रह्यो र ?”
यत्ति भनि ऊ सरासर उकालो लाग्यो। म एकछिन सोचिरहेँ, जमाना बद्लिएकै हो। तर जमानासँगै आफ्नो मौलिकता, पहिचान, संस्कार, भाषा पनि बिस्तारै हराइरहेको छ। अबको शतक पछिको भविष्यमा, के नेपाल, नेपालै रहाला र ? नेपाली भाषाको संरक्षण होला र ? नेपाली भएर नेपाली भाषाका व्याकरण औ वर्णमाला नचिन्ने कस्तो शिक्षा आयो यो ? अ, आ, इ, ई, क, ख, ग अनि बाह्रखरी समेत बिर्साउने कस्तो खालको शिक्षा आयो नेपालमा ? आफ्नै प्रश्नमा म घोत्लिन पुगेँ। मैले त्यस बाबुलाई हेरेँ, ऊ निकै माथि पुगिसकेको थ्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

11 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

11 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

12 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

12 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

1 day ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

1 day ago