“संस्कार”

श्यामप्रसाद श्रेष्ठ
हेटौडा,चौघडा

“ए बूढो! तँपाई कस्तो निर्दयी बाउ हँ ? अघि देखि बाबू रोईरहेको छ सुन्नु भएन कि कसो? म भात पकाउँदै छु क्या, के भन्छ ,उसको माग पूरा गरि दिनोस न!” यमनको पत्नी रुपा भान्साकोठाबाट कराउँदै भनिन्।
पत्नीको कुराको केही हेक्का नगरी यमन भुइँमा लडिबुडी गरि रोई रहेको ६ बर्षको छोरालाई हेरिरह्यो।
“हैन,तपाईको कानले सुन्न छाडेको हो?”रुपाको आवाज फेरि सुनियो।
“तिमीले गर्दा यो छोराको बानी त बिग्र्यो बिग्र्यो,अब मेरो कानले पनि सुन्न छाडिसक्यो”यमनले छोराबाट नजर हटाउँदै जवाफ दियो।


“हैन,तपाईं पनि बिन सिँतै मलाई किन दोष दिनु हुन्छ,मैले बाबुको त्यस्तो बानी के बिगारें र?”
“छोराछोरीलाई पुलपुल्याउनुको पनि हद हुन्छ नि,जे भन्यो त्यही किनी दिएको छ,चाहिने नचाहिने छुट्याउनु छैन,रोयो मोबाइल,भात खुवाउन मोबाइल,सुताउन मोबाइल,आची गराउन मोबाइल,उठाउन मोबाइल यस्तो पनि हुन्छ?”
“होइन,यो बाह्र सत्तरी कुरा किन ? बाबुलाई फकाउनोस न ।”
“कसरी फकाउने तिम्रो छोरालाई ,तिमीले आकाशको तारालाई देखाएर जुनकिरी भन्थ्यौ नि,अब अहिले त्यही जुनकिरी चाहियो भनेर रोइरहेको छ। तिम्रो त्यो तारा टिप्ने औगात छ ?”
“एउटा कुनै खेलौना किनेर फकाउनुहोस न,त्यति पनि किनी दिन सक्नु हुन्न?”
“म एउटा खेलौना किन्ने कुरा गरिरहेको छैन, उसको हठको कुरा गर्दैछु। आज एउटा खेलौना नपाएर एक क्षण रोएर केही हुँदैन, एक क्षण हाँसेको हैन,पुरै जीवन हाँसेको हेर्न म चाहन्छु,यसको लागि खेलौना हैन,असल संस्कार दिन चाहन्छु।”

सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

22 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

22 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

23 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago