Categories: बाल कथा

शिक्षा

राजन कार्की पाजु

सरला पतिलाई चिया थमाउँदै भन्दै थिईन्, “लहै,आज छोरोलाई जसरी भएनी बोर्डिङमा एडमिसन गर्न जानु, छिमेकी सबैले बोर्डिङ मै लगिसके!हाम्रो मात्र एकलै लुरुलुरु स्कुल जान्छ!”
यो सरलाको दिनहुँ जसोको बखान थियो श्रीमान् सँग!
सरोजले हातमा चिया थाम्दै गम्न‌ लाग्यो-” बोर्डिङको मासिक फी, स्टेसनरी फी,टिफिन ,ऋतु पिच्छेको युनिफर्म र बच्चाको वजन भन्दा डेढा किताबको भारी, अनि,आफ्नो मासिक कमाइ ,खाना खर्च घर भाडा!! उसको आंँग ढक्क फुल्यो।
“हैन के,सोच्न थालेको”सरलाको यो वाक्यले रमेस झसँग हुँदै सम्झाउने लहजमा बोल्यो,”हेर सरला,बोर्डिङको खर्च र हाम्रो कमाईको तुलना गरेकी छौ! सरकारी होस या बोर्डिङ, आखिर त्यहा पनि २मा २जोड्दा ४ हुन्छ र सरकारी स्कुलमा पनि ४ नै हुन्छ !”
सरलाले पतिको सुझाव ठाडै अस्वीकार गर्दै कर्किईन्- “हेर्नुस् , साथीहरु सँग मेरो पनि ईज्जत छ। सम्झनुस् त,तपाईँको र रबिको पद उही तलब उति नैं, उसले सक्ने‌ हाम्ले किन‌ नसकने ? बरु एकछाक खाऔँला तर छोरो बोर्डिङ नै पढाउने ! नत्र शहर बसेको के ईज्जत्!”
रमेसले भरखरैको सरकारी स्कुल र बोर्डिङ्गको नतिजा सम्झ्यो र पत्नीको आदेश शिरोपर गरि छोरोलाई तान्दै बोर्डिङ तिर लाग्यो।
प्रिन्सिपललाई भेटेर भर्ना सम्बन्धमा जिज्ञासा राख्यो, प्रिन्सिपल भन्दै थिए-” सुन्नुस रमेश जी, मासिक फी,-१३,०००/- भर्ना फि,१५,०००/ -जाँच फी प्रति सेमेस्टर रु ३०००/-यस को अलावा पोसाक स्टेसनरी व्याग लगाएत सबै सामान तपाईँले यहाँ बाटै खरिद गर्नु पर्छ ।”
उसले अन्कनाउँदै जिज्ञसा पोख्यो,सर! अनि शिक्षा नि ?”
प्रिन्सिपलले रेडिमेड जवाफ दिए ,”त्यसको लागि विद्यार्थीले टिउसन लिनुपर्छ।”
रमेसलाई भाउन्न छुट्ला झैं भयो,उता सरलाको कड्काई सम्झियो र एकै छिनमा सम्हालियो अनि छोरोलाई भर्ना गरेर डेरा तिर फर्कियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

17 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

18 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

18 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago