Categories: कविता

“शिशिर”


प्रेमदत्त कलौनी
कञ्चनपुर

रविकिरण नलाग्ने फैलिएको तुसार
निशिकर पनि सुस्तै देखियो अन्धकार
सलिल छ अति ठण्डा हात नै झार्न थाल्यो
शिशिर शिविर पस्दा आङ नै काम्न थाल्यो।

सकल विटप लाग्छन् शुष्कझैं यो धरामा
विहग विमुख जस्तै देखिए झन् गरामा
चहलपहल केही मानिएको छ झर्को
चउर फगत एक्लै ओढ्न लाग्दैछ बर्को।

कहर जहर मानौँ फैलिएको बिहान
लुगलुग खुब काम्यो खेत खन्ने किसान
श्रमिक सकस झेल्दै गेह भित्रै निदाए
प्रकृति कहर भन्दै चित्त आफ्नो बुझाए।

कुहुकुहु धुन गर्ने कोइली बास्न छाड्यो
गिरि उपर छ सेतो वृक्षका पात झारे
वन उपवन सारा हैमको चल्छ सत्ता
दलिन मलिन लाग्छन् वेगले हल्छ पत्ता।

उकुसमुकुस कस्तो बालबृद्धा बिरामी
शिशिर बहुत भारी लाग्छ साह्रै हरामी
दिनप्रतिदिन उस्तै मौसमी चाल देखेँ
गलित मन हुनाले सूक्ष्म यो काव्य लेखे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

3 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago