Categories: बाल कथा

चोरको खुट्टा


सत्यजीत
ललितपुर

बिहानको पत्रिकामा समाचार छापियो-“नगरकोटमा रातभरि चोरी, लाखौँको धनमाल लुटियो!”
गाउँका सबैजना चोकमा जम्मा भए। प्रहरी आयो, अनुसन्धान सुरु गर्यो। मानिसहरू आ-आफ्नै अन्दाज लगाउँदै थिए।
“अब त देशैभरि चोरहरूको राज छ!” एक जनाले गुनासो गर्यो।
“हो त! ठूलाठूला चोरहरू खुलेआम घुम्छन्, साना चोरलाई मात्रै सकस!” अर्कोले थप्यो।
अचानक भीडबाट पातलो ज्यान, कानेटोपी र च्यातिएको कमिज लगाएको जंगे उफ्रियो, “साँचो कुरा के हो भने, चोर भनेको चोर नै हो! ठूलै होस् या सानो, खुट्टा उस्तै हुन्छ !”
सबैजना उसको कुरा सुनेर टोलाए। तर प्रहरी निरीक्षक हाँस्दै अघि बढे, “सही कुरा ! तर चोरको खुट्टा देख्न त अहिले गाह्रो भइसक्यो। किनकि अब चोरहरू सूटबुट लगाएर आउँछन्!” चोर पेट मिचिमिचि हाँस्दै थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

4 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago