हेमराज अधिकारी
श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै विचार र व्यवहारले गर्छ।
श्रावण १५ मा पकाइने खीर दूध, चामल र चिनीको मिश्रण होइन यो किसानको पसिना, प्रकृतिको वरदान र परिवारको आत्मीयताको प्रतीक हो। एक चम्चा खीरमा महिनौँको श्रम, आशा र कृतज्ञता मिसिएको हुन्छ।
हाम्रा पुर्खाले पर्वहरू पेट भर्न मात्र बनाएनन्, मन भर्न बनाए। उनीहरूले सिकाए कि अन्नलाई सम्मान गर, श्रमलाई प्रणाम गर, प्रकृतिप्रति कृतज्ञ बन र सम्बन्धहरूलाई मिठासले सिञ्च।
आज हामी खीर त खान्छौँ, तर बोलीमा तितोपन, व्यवहारमा अहंकार र सम्बन्धमा दूरी बढ्दै गएको छ। यदि श्रावण १५ को साँचो सन्देश बुझ्ने हो भने, खीरको मिठासभन्दा पहिले हाम्रो बोली, सोच र व्यवहार मीठो हुनुपर्छ। किनकि संस्कार त्यहीँ जीवित रहन्छ, जहाँ पर्व मनाइँदैन,जीवनमा उतारिन्छ।
उहिल्यै छोरी जन्मेपछि यसले दुध-भात ख्वाउँछे,राम्रो हुर्काउनु पर्छ,भन्ने चलन थियो।यहि दिनलाई खीर खाने परम्परा विशेष नेपाली समाजमा प्रचलित बन्यो।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…