हेमराज अधिकारी
श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै विचार र व्यवहारले गर्छ।
श्रावण १५ मा पकाइने खीर दूध, चामल र चिनीको मिश्रण होइन यो किसानको पसिना, प्रकृतिको वरदान र परिवारको आत्मीयताको प्रतीक हो। एक चम्चा खीरमा महिनौँको श्रम, आशा र कृतज्ञता मिसिएको हुन्छ।
हाम्रा पुर्खाले पर्वहरू पेट भर्न मात्र बनाएनन्, मन भर्न बनाए। उनीहरूले सिकाए कि अन्नलाई सम्मान गर, श्रमलाई प्रणाम गर, प्रकृतिप्रति कृतज्ञ बन र सम्बन्धहरूलाई मिठासले सिञ्च।
आज हामी खीर त खान्छौँ, तर बोलीमा तितोपन, व्यवहारमा अहंकार र सम्बन्धमा दूरी बढ्दै गएको छ। यदि श्रावण १५ को साँचो सन्देश बुझ्ने हो भने, खीरको मिठासभन्दा पहिले हाम्रो बोली, सोच र व्यवहार मीठो हुनुपर्छ। किनकि संस्कार त्यहीँ जीवित रहन्छ, जहाँ पर्व मनाइँदैन,जीवनमा उतारिन्छ।
उहिल्यै छोरी जन्मेपछि यसले दुध-भात ख्वाउँछे,राम्रो हुर्काउनु पर्छ,भन्ने चलन थियो।यहि दिनलाई खीर खाने परम्परा विशेष नेपाली समाजमा प्रचलित बन्यो।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…