Categories: विविध

“संवाद”

भानु जयन्ती विशेष –

लता के सी
काठमाडौं

एकपटक म घुम्दै एउटा पार्कमा पुगेँ । भानुभक्त र मोतीरामको सालिकलाई सँगै देखेँ । उनीहरू कुरा गरेको खुसुरफुसुर आवाज सुनेँ । मेरा कान ठाडा भए ।


“होइन मोती, मेरो बारेमा यति बढाएर व्याख्या नगर्नुपर्थ्यो।म त सामान्य जनता, बाहुन केटो, रम्घामा जन्मेको थिएँ ।”
“होइन नि बाजे, आम नेपाली जनतालाई भाषाको माध्यमले एकीकृत गर्नु कहीँ चानचुने कुरो हो र भन्या ?”
“खै, तिमी त आफैँ विद्वान्, म के जानूँ त नि ?” खसोखास कुराचाहिँ त्यो गरिब घाँसीको विशाल मन देखेर यसो केही कल्याणको काम कलमले नै गरौँ कि भन्ने लागेको मात्र हो ।” “बाजेले कोरेका भाकाले त नेपाली जनमानस नाक फुलाएर उधुम छन्।हरेक वर्ष असार २९ गते कहिले आउला भन्दै औँला भाँचेर सम्मान खन्याउने तयारीमा औँला भाँचेर बस्छन्।” मोतीका कुराले भानु भावुक भए र भने,“यही नै सत्य हो भने तिमीले नै सबैलाई मेरो सन्देश पुर्याउनु पर्यो है,प्रिय मोती !” “हजुर, मर्जी गरे भयो नि ।”, अदबका साथ उनले जवाफ पर्खिए ।
भानु गम्भीर भए र भने, “सबै नेपालीले एक दिन मेरो फोटो पुजेर, माल्यार्पण गरेर, स्मृतिमा सिर्जना फलाकेर, विभिन्न गोष्ठीका नाममा धनराशि खन्याएर मेरो सम्मान हुँदैन भनेका छ, भन्दिनू है ।”
“सम्मानका खातिर हामी के गरौँ भनेर जनमानसले सोधे भने म बबुराले के भनौँ, ख्वामित ?”, मोतीले सोधे ।
एकछिन गम खाएर भानुले भने, “विवेकको प्रयोग गरेर नेपाल आमा र नेपाली भाषाको अस्तित्वको वचाउ गर्नू नै मेरो सही सम्मान हुने छ भन्देऊ ।” उनीहरू दुईबिच भएको यति कुरा सुन्दै थिएँ तर त्यसै बेला दुई जना बलिया मानिस सालिक भत्काउन तयार भए । मैले कारण सोधेँ, “उनीहरूले भने, “अब यहाँ पार्क संरक्षक गर्ने मालिकको सालिक बनाउने रे ।”

सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

9 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

9 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago