Categories: कविता

“भानुको सम्झनामा”

कृष्णशरण उपाध्याय पौडेल

छन्द : शार्दूलविक्रीडित

हे हाम्रा प्रिय भानुभक्त कविजी ! स्वीकार मेरो नम:
पाऊँ आशिष लेख्न निम्ति कविता , देऊ न थोरै दम
कस्तो स्वास्थ्य छ देह मा वदन मा,त्यो लेखनी शक्ति मा ?
कस्तो सोच छ नीति का वचन मा,श्रीराम को भक्ति मा ?

कस्ता छौ भन भानुभक्त अहिले , स्वर्गीय सत् लोक मा ?
कस्ता छन् अहिले गजाधरहरू ? भेट्छौ कतै चोक मा ?
घाँसी को भन के छ हाल अहिले,भेट्छौ कि काहीँ कतै ?
लेखी राम चरित्र चाह मन को , मेट्छौ कि काहीं कतै ?

तिम्रो जन्म थलो निकै बदलियो , छैनन् त्यहाँ मानिस
जो छन् शेष निभाउँछन् हर दियो , गर्छन् सधैंँ आह्रिस
तिम्रो कान्तिपुरी छ रुग्ण बिचरो , दुर्गन्ध ले युक्त छ
श्रीसम्पत्ति छ किन्तु शान्ति सुख ले आनन्द ले मुक्त छ।

लेख्थ्यौ व्यक्ति सुधार्न शुद्ध कविता,सद्धर्म का नीति का
रच्थ्यौ दोष बढार्न उच्च कविता , संस्कार का रीति का
गर्थ्यौ व्यङ्ग्य प्रशासनादि तह मा,घोच्थ्यौ सियो ले सरि
अज्ञानावृत चित्त मा किरण झन् , पार्थ्यौ दियो ले सरि।

तिम्रा काव्यिक शब्द गाउँ घर मा , वाचिन्छ मीठो गरी
तिम्रा काव्य प्रवास का शहर मा , गाइन्छ मीठो गरी
लिन्छन् देश विदेश ले सुख अझै , गाएर रामायण
वृद्धा वृद्ध युवा कि बाल वनिता , गर्छन् सदा गायन।

नेपाली जन एकतामय गरी , घोल्ने तिमी नै थियौ
भाषा मा हरि भक्ति बीजन छरी , बोल्ने तिमी नै थियौ
हाम्रा लागि तिमी युगौँ युग भरी , बास्ना दिने फूल हौ
उस्तै सुन्दर हौ र सत्य शिव हौ , सत्प्रेरणा – मूल हो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

3 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago