मधु मिश्रा
उडिशा भारत
“भाउजू, कस्तो हुनुहुन्छ ?” भन्दै रीनाले उहाँलाई अँगालो हालिन्। उनी भर्खरै बरन्डामा पाइला टेक्दै थिइन् कि भाउजूका साथमा उहाँको दस वर्षका नाति प्रणव पनि दौडिँदै आए। मुस्कुराउँदै उनले रीनाको खुट्टा छोए र त्यसपछि भित्र गए। रीना बसेकी मात्रै थिइन् त्यत्तिकैमा प्रणवले ट्रेमा दुई गिलास पानी र केही मिठाई लिएर आइपुगे। यति सानो बालकको यस्तो व्यवहार देखेर उनी अचम्मित भइन्। उसको संस्कार र विनम्रताले रीनाको मन गहिरोसम्म छोयो। भाउजूसँग कुरा गरिरहेकी रीना पानीको गिलास उठाउन लागेकी थिइन्, त्यत्तिकैमा प्रणवले मुस्कानका साथ भन्यो, “हजुरआमा, मिठाई पनि सँगै लिनुहोस् न !” रीनाले आश्चर्यचकित हुँदै सोधिन्, “भाउजू, यसलाई यी सबै कुरा कसले सिकाएको हो ?” भाउजूले मुस्कुराउँदै भन्नुभयो, “म एक्लै बस्छु नि, त्यसैले बुहारीले यसलाई सिकाएकी छिन्— विद्यालयबाट आएपछि पढाइ गर्नु, अनि हजुरआमालाई भेट्न कोही आए भने उहाँहरूको खुट्टा छोएर सम्मान गर्नु र पानीसँगै बिस्कुट वा मिठाई पनि अवश्य दिनु।” रीनाको मन मिठाई खाने थिएन, तर प्रणवको व्यवहार देखेर उनले खुसीसाथ एउटा काजु कतली उठाइन्। अनि मायाले उसको टाउकोमा हात राखिन र भनिन्— “संस्कार कहिल्यै समाप्त हुँदैनन्। आवश्यक त यति मात्र हो कि हरेक पुस्ताले तिनलाई माया र अपनत्वका साथ अर्को पुस्ताको मनमा रोपिरहोस्।”