फेसबुक कवि
दाेलखा
बाबासँगै बिहानै, गएँ गाेठ तिर,
फाेएपछि बाछाे, गयाे गाईनिर ।
बाछा बुबु खाँदा, लाग्याे धेरै पीर
गाेठ वरिपरि, चरी चिरविर।
कन्ठीमा समाई, बाछा वर तान्नुभाे,
नजिकै किलामा, दाम्लाले बाँध्नुभाे ।
टुक्रूक्क बसेर, धार्र धुर्र पार्नुभाे,
चारै थुन दाेही ,धेरै दूध झार्नुभाे ।
घर आई बाबाले, कराही दूध हाल्नुभाे,
नरिवल मसला , आमाले ठिक पार्नुभाे।
फतत फतत, पाक्याे चामल खीर,
साउनकाे पन्ध्र, खायाैँ मिली खीर ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…