Categories: बाल कथा

संस्कार


लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही

“अब नेपालीमा बोल् त फेरि ? अङ्ग्रेजी मात्रै बोल् भनेर कतिपल्ट भनिसकें ? नेपालीमा बोलिस् कि पिटाइ खाइस् !” बुथुरी जैसीले छोरीलाई डर देखाउन हात उज्याई!
ऊ छोरीलाई पढाउँदै थिई ! उसले पति हैकमप्रसादतर्फ हेरेर भनी,” हेरिस्यो न कालु! अहिलेको स्कुलमा पनि नेपाली पढाउँदो रहेछ ! यसरी त हुँदै भएन ! छोरीलाई अर्को स्कुलमा सारौँ न के !”
अव उसले छोरीलाई जोडतोडले अङ्ग्रेजी भाषाका अतिरिक्त राजसी भाषामा बोल्न सिकाइरहेकी थिई ! यस्तो भाषामा बोले मात्रै मानिस संस्कारित मानिन्छ भन्ने उसमा अटल विश्वास थियोे ! तँ, तिमी, तपाईँ जस्ता शव्द प्रयोग गर्ने वरिपरिका मान्छेहरुलाई ऊ पाखे भन्थी ! उनीहरूले शहरिया संस्कारको बर्को ओढ्न थाले पनि गाउँले मजेत्रोलाई पूर्णरूपले त्याग्न सकेका थिएनन् ! उनीहरू गाउँले परिवेश र शहरिया संस्कारको दोसाँधमा उभिएका थिए !
बेलुकीपख साइकलमा तरकारी बेच्दै आएको ब्यापारीलाई आफू बस्ने छेउको गल्लीमा रोकेर हप्काउँदै सोधी,” ए भैया, आलु प्याज कति रुपैयाँ किलो दिन्छस्?”
तरकारी किनेर फर्केपछि घरको कम्पाउण्डभित्र कुकुरको स्याहार गरिरहेका घरवेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी,” आज पनि यो ह्यान्सी डगले बिस्कुट, मिट खाइसेन छ दाइ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

8 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

8 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

8 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago