लता के सी
तीनकुने , काठमाण्डौँ
“मे आइ कम इन सर !” उसले हेडसरको अफिसको ढोका अगाडि उभिएर अनुरोधको भाषा बोल्यो।
उनले स्नेह बाढ्दै भने ,”विवेक , के कामले आयौ ? मसँग नेपालीमा नै बोल। आऊ ,यता छेउमा बस ।”
“आज मेरो पढाइको बारेमा बुझ्न बुबा विद्यालय आउने रे ! जानकारी गराउन आएँ ।” उसले लजाउँदै बोल्यो।
“तिम्रो नाम विवेक भन्ने थाहा पाएर पनि तिमीलाई साथीहरूले भुत्ते भन्छन् रे , हो ? ” उनले हाँस्दै सोधे।
उसले लजाउँदै बोल्यो , “हो सर! नेपालीमा सधैँ अनुत्तीर्ण हुने भएर मेरो नाम भुत्ते राखेका रे !”
उनले हकारेको स्वरमा भने , “नेपालीमा कस्सिएर पढनु पर्दैन त ? १० कक्षाको विद्यार्थी ,एस इ इ कसरी उत्तीर्ण गर्छौ ?”
“जति पढे पनि बुझ्दिनँ । एकदम गाह्रो लाग्छ ।” उसले विवशता पोख्यो।
“नमस्कार !” भन्दै विवेकका बुबा प्रवेश गरे।
विवेकलाई कक्षातिर जान इशारा गरेर उनीहरु समस्याप्रति छलफलमा लागे।
हेड सरले प्रश्न तेर्स्याए , “सबै विषय र अतिरिक्त क्रियाकलापमा पनि ऊ अब्बल छ । आखिर नेपाली विषय मात्र किन उसलाई समस्या बनेको छ ? ”
कारण आफूले पनि बुझ्न नसकेको र एस इ इ बिगार्ने चिन्ता भएको भाव उनले पोखे।
हेड सरले मौका छोप्दै भने , ” उत्तीर्ण गराउन पैसा लगानी गर्न सक्नु हुन्छ ?”
“जति लागे पनि तिर्छु । उत्तीर्ण हुनु पर्यो ।” उनले लाचारी व्यक्त गरे।
हेडसरले र्याल चुहाउँदै भने , ” ७० हजार भए म प्रथम श्रेणीमा उत्तीर्ण गराउन सक्छु । ढुक्क भएर जानू !”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…