Categories: बाल कथा

लक्ष्य


खगेन्द्र बस्याल

सांसद, पाइलट, राष्ट्रिय स्तरको स्वर्ण पदक विजेता खेलाडी, डाक्टर, इन्जिनियरजस्ता प्रतिष्ठित पाहुनाहरूको माझ, सधैं कक्षामा प्रथम हुने कक्षा १० मा पढ्ने नातिनीलाई ९५ वर्षीय हजुरबुबाले सोध्नुभयो, “तिमीले के बन्ने लक्ष्य लिएकी छ्यौ ? मैले त अहिलेसम्म सोध्न बिर्सेकी रहेछु।”
नातिनीले मुस्कुराउँदै जवाफ दिइन्, “तपाईँभन्दा धेरै बाँच्ने।”
उनको उत्तरले पाहुनासहित सबैजना हाँसेर लट्ठ परे।
तर हजुरबुबाले गम्भीर मुद्रामा भने, “मैले जस्तो शारीरिक श्रम तिमीहरूले गरेको देखेको छैन। न त घरमा बनेको चिज खान मन पराउँछौ। सानैदेखि चस्मा लगाउनुपर्ने बाध्यता छ। यसर्थ, म जति बाँच्न तिमीहरूले सक्ने देख्दिनँ।”
त्यसैबेला बाबुले चाहिँ थर्काउँदै भने, “सधैँ प्रथम हुने मान्छेको ठूलो लक्ष्य होला भन्ने सोचेको थिएँ । के खाली बढी बाँच्ने मात्रै रहर हो ? प्रश्न यो हो- तिमी देशको सबैले आदर गर्ने मन्त्री, डाक्टर, इन्जिनियर, पाइलट, न्यायाधीश जस्तो केही बन्ने लक्ष्य लिएकी छ्यौ कि छैनौ ?”
नातिनीले स्पष्ट पारिन्, “ती केही बन्ने योजना छैन । नेता बन्नु त फोहोरी खेल रहेछ, त्यसतर्फ मेरो वितृष्णा छ ।”
बाबुले सोधे, “उसो भए मन्त्रालयको सचिव, चार्टर्ड एकाउन्टेन्ट, वा वकिल बन्ने सोच हो ?” “उनले सहज तरिकाले भनिन्,”त्यो पनि मेरो लक्ष्य होइन ।”
बाबुले छोरीलाई सम्झाउँदै भने, “ठूलो लक्ष्य लिए पो सबैले आदरपूर्वक नमस्कार गर्ने मान्छे बन्न सकिन्छ । पैसा पनि मनग्ये कमाएर सुखका साथ बस्न पाइन्छ ।”
नातिनीले बिस्तारै भनिन्, “बुवा, ठूला लक्ष्य भनेका पैसा कमाउने उद्देश्य मात्र होइनन् । म पवित्र भावले जीवनमा ज्योति फैलाउने लक्ष्य राख्छु । पैसा कमाउने भूत मेरो भित्र छैन ।”
बाबुले छोरीको कुरा बुझ्न नसकेर अन्त्यमा सोधे, “ठूलो मान्छे बन्ने लक्ष्य लिएको छ्यौ भने त्यसको लागि अहिलेबाट संकेत देखिनुपर्छ । तिमीले के सोचेर यस्तो लक्ष्य लिएकी हौ त ?”
“विद्यालयका साहित्यिक कार्यक्रममा मैले पुरस्कार पाएको देख्नुभएको छ । साहित्यकार भौतिक रूपमा अस्ताए पनि हजारौँ वर्षसम्म बाँच्न सक्छन् । हजुरबुबाले यो कुरा ख्याल नगर्नु भएको होला। म त्यस्तै साहित्यकार बन्न चाहन्छु। मेरो लक्ष्य कसरी सानो भयो ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

8 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

9 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

9 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago