माहेश्वरी भट्ट
कञ्चनपुर
“मोबाइल खोस्ने अधिकार कसले दियो ?” “विद्यार्थीमाथि हिंसा गर्ने शिक्षिकालाई कारवाही गर । ”टेबलमा फ्याँकिएको मोबाइलमा भिडियो बोलिरहेको थियो।
कक्षा सुरु हुनुअघि विद्यालयमा असामान्य चहलपहल थियो । शिक्षिका भने भीडको अघिल्तिर मौन थिइन्। भिडियो दोहोरिँदै थियो, जहाँ उनी एक विद्यार्थीको हातबाट मोबाइल खोसिरहेकी थिइन्। एकै घण्टामा सामाजिक सञ्जाल न्यायालय बनेको थियो।
“यस्तीलाई पढाउने अधिकार छैन !” “यो त अत्याचार हो!”
भीड बोल्दै थियो । शिक्षिका अझै मौन थिइन्।
केही समयपछि प्रधानाध्यापकले सीसीटीभी फुटेज खोल्न आदेश दिए। उपस्थित सबैले फुटेज हेरे । फुटेजमा जुन दृश्य देखियो त्यसले सबैको बोली बन्द भयो । सबैमा पछुतो र ग्लानीको भाव छायो । वातावरण स्तब्ध भयो।
परीक्षा सञ्चालन भइरहेको बेलामा एउटा विद्यार्थी मोबाइलबाट चिट गरिरहेको र अरूलाई पनि चोर्न उक्साइरहेको थियो । शिक्षिकाले रोक्न खोज्दा उनीमाथि विद्यार्थीले कुर्सी प्रहार गर्न खोजेको स्पष्ट चित्र फुटेजमा देखिएको थियो।फुटेज हेरिसकेपछि प्रधानाध्यापकले भारी स्वरले प्रतिक्रिया दिए, “हामीले काटिएको दृश्यको आधा भागलाई सम्पूर्ण सत्य ठानेछौँ।”
कृष्णशरण उपाध्याय पौडेल चरी उदासी बचरा उदास छन् अनेक झुप्रा टहरा उदास छन्। उदास लाग्छन्…
शालिकराम सत्याल गाउँको सिरानमा रहेको बूढो बरको रूखमुनि बसेर हरि दाइ एकटकले बाटोतिर हेरिरहेका थिए।…
दुर्गा पौडेल तिनपा ३ शंकरनगर आहा ! क्या सुन्दर छ मेराे देश। उच्च हिमाली श्रृंखला,…