Categories: कविता

“सन्तानको मायाँ”


मणिराज भट्टराई
गठ्ठाघर, भक्तपुर

हुँदैन सन्तानको मायाँ
कहिल्यै पनि धेर थोर
मैले सम्झिएकै छु
तिमीले नसम्झेर के भो र ?

खै कस्का छोरा छोरीहुन्
बृद्ध बा लाई जतनले
डोर्याउदै अस्पताल ल्याए
लोभ लाग्यो असाध्य आँखा उसै रसाए।

उपचार त छँदैछ
सन्तानको साथ प्यारो
हाल खवरले पनि नपत्याउँदा
मन भयो अँध्यारो।

दिनहरु दिन दिन
बिरानु हुँदै गएको छ
म एक्लो छैन
तर मन आज एक्लो भएको छ।

बोलाउँछु मनले तिमीलाई
रहेन अब ठूलो स्वर
मैले सम्झिएकै छु
तिमीले नसम्झेर के भो र ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

2 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

3 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

1 day ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

1 day ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

1 day ago

“गुरू”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६ दाेलखा जति हिंडूँ पाईलाहरू, गन्तव्य गमन गुरू, जति बाेल्छु शव्दहरू, मन्तव्य वचन…

1 day ago