रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
टाउको फराकिलो सुरिलो छ जिउ
कसले खायो होला मैले जति घिउ ?
घरका बाजे बज्यै मेरै माया गर्छन्
मेरो फिर्के टाउको लुकाउँछन् र बेर्छन्
समातेर थुन्छन् ठेकीभित्र राख्छन्
भाग्छ भनी कतै नेती लगाई बाँध्छन्।
दही मथेपछि मही पार्छु पिऊ
तर खान पाउन्नौ मैले जति घिउ।
‘पानी ल्याउनू’ भन्दै आमालाई डाक
पोरा डुबेन कि पानी अझै राख
बेलाबेला हेर्दै घार्रघुर्र पार्नू
डल्लो पर्छ जब अनि थकाइ मार्नू।
नौनी तताई खाने यै हो मौका निहुँ
सक्छौ भने खाऊ मैले जति घिउ ।
इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…