Categories: कविता

“सबै गुरुबा र गुरुमाप्रति नमन”


नरिस्वर गौतम

धर्तीमा आँखा खोल्न सिकाउने
तोते बोलीमा बोल्न सिकाउने
नबोली मुसुक्क हाँस्न सिकाउने
आमाको दूध चुस्न सिकाउने
सबै गुरुआमा र गुरुबा ।।

`बोडा´ भन्दै रिसाउन रुन सिकाउने
छिनमै खुशी पनि हुन सिकाउने
कराउन चिच्याउन ठुस्स पर्न सिकाउने
पल्टिन खाटबाट तल झर्न सिकाउने
सबै गुरुआमा र गुरुबा ।।

हात दिई उठ्न बामे सर्न सिकाउने
चकचक र उपद्रव गर्न सिकाउने
सुत्न खान र पिउन सिकाउने
रोईकराई पनि जिउन सिकाउने
सबै गुरुबा र गुरुमा ।।

घरमै अक्षर घोक्न सिकाउने
हात समाई लेख्न सिकाउने
खेल्न बस्न खान पढ्न सिकाउने
ज्ञानी भई अघि बढ्न सिकाउने
सबै गुरुआमा र गुरुबा ।।

कन्तुर र भुड्की फोर्न सिकाउने
ढाँट्न र छल्न चोर्न सिकाउने
ठग्न र झुट बोल्न सिकाउने
गाँजा र सुर्ती मोल्न सिकाउने
सब गुरुबा र गुरुआमा ।।

परीक्षामा चिट चोर्न सिकाउने
हेडसरको कुर्ची फोर्न सिकाउने
प्रेम र पिरति गाँस्न सिकाउने
बाबुबाजेको धन मास्न सिकाउने
सबै गुरुबा र गुरुआमा ।।

दाउरा र घाँस काट्न सिकाउने
नाम्लो र दाम्लो डोरी बाट्न सिकाउने
हलो जोत्न बारी खन्न सिकाउने
सिपालु ज्ञानी बन्न सिकाउने
सबै गुरुबा र गुरुआमा ।।

राम्रो नराम्रो बोल्न सिकाउने
सिसीको बिर्को खोल्न सिकाउने
चुरोट रक्सी तान्न सिकाउने
फल झार्न ढुङ्गा हान्न सिकाउने
सबै गुरुबा र गुरुआमा ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

19 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

20 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago